एनआरएनए जापानले नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्तीको नाम घोषणा बिशेष कार्यक्रम सहित गरिने


तामाङपेज संवाददाता।
नागोया, जापान

गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा १०० जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्तीको नाम घोषणा अगष्ट ५ तारिख बिशेष कार्यक्रम सहित गरिने भएको छ।

एनआरएनए जापानले जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएसंगै विद्यार्थीका समस्या पनि बढ्दो रहेको अवस्थामा समस्यालाई न्यूनिकरण गर्न बिभिन्न माध्यमबाट अग्रसरता देखाउदै आएको छ । जापान आउने अधिकांश विद्यार्थीहरू भाषा स्कूल तथा भोकेसनल कलेज विश्वविद्यालय अध्ययन पश्चात भिषा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएतापनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्न कै लागि हुने गर्छ तर कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै भाषा स्कूल तथा भोकेसनल कलेज र विश्वविद्यालय अध्ययनरत जेहेन्दार तथा लगनशील १०० जना बिधार्थीलाई विशेष छनौट प्रकृयाका आधारमा यो सेवा दिन लागिएको महासचिव बुद्धि राज घिमिरेले जानकारी दिए ।

यस अघि पनि यस्तै प्रकृयाबाट ३० जना बिधार्थीले छात्रबृत्ती सेवा पाईसकेको र यहि जुलाई १ तारिखसम्म आवेदन दिई प्रकृया पूरा भएका बिधार्थीहरुका नामावली एक बिशेष कार्यक्रम सहित घोषणा गरिने अध्यक्ष टासी वाङदी लामाले बताए ।

कार्यक्रम अगष्ट ५ तारिख, दिवा १३:०० बजे आसागया स्थित साङ्ग्यो स्योको खाईखान (सुगुनामी कु आसागया मिनामी ३-२-१९) हुने जनाएका छन् ।

प्रकाशित: समय: 6:07:47  413पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार