तामाङपेज संवाददाता।
पाँचथर।विक्रम संवत् २००५ सालमा जन्मिनु भएका फिदिम नगरपालिका वडा नं.१ फिदिमका वडाअध्यक्ष एवं नेपाली काँग्रेसका नेता हर्क मोक्तान तामाङको सोमबार ७१ वर्षको उमेरमा निधन भएको छ ।
करिब एक वर्षदेखि शारिरिक समस्याका कारण उपचार्थ मोक्तानको निधनले पाँचथर जिल्लाको एक सामाजिक अगुवा एवं नेपाली काँग्रेसको सबल ,कुशल अभिभावक गुमाएको नेपाली काँग्रेस पाँचथरका जिल्ला सचिव रुपनारायण जबेगुले तामाङपेजसँगको सम्पर्कमा बताएका छन् ।
बौँद्धधर्मनुसार वडाअध्यक्ष मोक्तानको मंगलबार अन्तेष्टी गर्ने पारिवारिक श्रोतले जनाएको छ ।