नुवाकोटमा नदी जन्य पदार्थकाे अवैध उत्खनन् अझै जारी


करण तामाङ, नुवाकोट।
तामाङपेज।

नुवाकोटमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् झन् बढेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अनुगमन समन्वय समिति नुवाकोटले श्रावण र भदौ दुई महिनाकाे लागि नदीजन्य पदार्थ निकाल्न राेग लगाए पनि पछिल्लो समयमा तादी र त्रिशूली नदीकाे ढुङ्गा,बालुवा, कङ्कट लगायतका पदार्थहरु झन बढी उत्खनन् भईरहेको छ । जसकाे कारण नदी आसपासका मानव बस्तिहरु जाेखिममा पर्ने त्रास बढिरहेको छ । वर्षातकाे समयमा नदीजन्य पदार्थ उत्खनन् गर्दा नदी आसपास पहिरो जाने बगाउने सम्भावना हुने भएको कारण याे काम तत्काल राेक्नुपर्ने स्थानीयहरुकाे माग रहेको छ ।

प्रकाशित: समय: 19:27:29  276पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार