चौघरेमा कृषि प्रवर्द्धन सम्बन्धि दुई दिने तालिम सम्पन्न


तामाङपेज संवाददाता ।
ललितपुर ।

कोन्ज्योसोम गाउँपालिका वडा नं.१ चौघरेमा प्रमुख प्रशिक्षक डा.सुरज गुरुङले चौघरेमा कृषि प्रबर्द्धन सम्बन्धि दुई दिने तालिम कृषकहरुलाई प्रदान गर्नु भएको छ ।

आईतबार र सोमबार चौघरेमा प्रमुख प्रशिक्षक गुरुङले कृषिका विविध पक्षमा प्रशिक्षण दिनु भएको थियो । चौघरेमा कृषकहरुलाई पशु विकास अधिकृतले पशु पालन सम्बन्धि जानकारी दिएका थिए।
उक्त दुई दिने तालिम वडाअध्यक्ष सन्तलाल लामाको सभाअध्यक्षतामा सम्पन्न भएको हो ।
तस्बिर :
एल.कुमार तामाङ

प्रकाशित: समय: 19:13:22  484पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार