तमूधीं जापानको रजत जयन्तिको पूर्व सन्ध्यामा गुरुङ चलचित्र भेड़ी गोठालेको च्यारिटी शाे सम्पन्न

संकलित रक़म गुरुङ भाषाको लाईब्रेरी बनाउन सहयोग गरिने ।

तामाङपेज संवाददाता,

टोकियो,  जापान।

गुरुङ संस्कृति तथा गुरुङ परम्परामा आधार बनाई निर्माण गरिएको चलचित्र भेड़ी गोठाले (क्यु प्ह्रो छे) को च्यारिटी शाे सम्पन्न भएको छ । तमूधीं जापानको रजत जयन्तिको उपलक्ष्यमा आईतबार टोकियोमा उक्त च्यारिटी शोको सम्पन्न भएको हो ।

काठमाडौंमा गुरुङ भाषाको लाईब्रेरी निर्माण गर्ने उद्देश्य लिएर च्यारिटी शोको आयोजना गरेको तमूधीं जापानले जानकारी दिए । आयोजक धीं जापानले चलचित्र प्रर्दशनबाट २ लाख पचास हज़ार रुपैया संकलन गर्न सफल भएको बताएका छन् । शोमा चलचित्रका निर्माता दुर्गा गुरुङ मिलानको समेत उपस्थिति रहेको थियो ।

जापानमा सन १९९५ मा स्थापित तमूधीं जापानले चलचित्र भेड़ी गोठालेको प्रर्दशनसंगै रजत जयन्तिको औपचारिक कार्यक्रम शुभआरम्भ गरेको छ । कार्यक्रमको जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ, चलचित्रका निर्माता एवं सामाजिक अभियान्त दुर्गा गुरुङ मिलान, नेपाली ब्यबसायी एसोसिएशन जापानका अध्यक्ष बिजय थकाली एवं तमूधीं जापानका अध्यक्ष अनिता गुरुङले कार्यक्रमको संयुक्त रुपमा दीप प्रज्वलन गरी उद्धाटन गर्नु भएको थियो ।

नेपाल सहित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा अवार्ड प्राप्त गर्न सफल भएको चलचित्र भेड़ी गोठालेको प्रर्दशनबाट संकलित २ लाख ऐनमा निर्माता तथा सामाजिक अभियान्ता गुरुङले ५० हज़ार थप गरी २ लाख पचास हज़ार रुपैयाँ काठमाडौंंमा निर्माण हुने गुरुङ भाषाको लाईब्रेरीलाई प्रदान गरिने तमूधीं जापानले जानकारी दिएका छन् । यस चलचित्रको सबै आम्दानीहरु सामाजिक कार्यमा प्रदान गरिनेछ हङकङ निवासी निर्माता गुरुङले बताए।

कार्यक्रम तमुधीं जापानका अध्यक्ष अनिता गुरुङको सभापतित्वमा सम्पन्न भएको थियोे। कार्यक्रम संचालन महासचिव चित्र गुरुङले गरेका थिए भने कार्यक्रमको उद्देश्य सहित स्वागत मतब्य उपाध्यक्ष अमर गुरुङले राखेका थिए ।

प्रकाशित: समय: 20:17:15  304पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार