तामाङपेज संवाददाता ।
ललितपुर ।
रिजेन्ट रेसिडेन्सियल स्कुल र सामुदायिक प्रहरी साझेदारी विद्यालय समितिको आयोजनामा शनिबार चुम्लुङ भवन ,ढोलाहिटी,ललितपुरमा अभिभावक शिक्षा कार्यक्रमको आयोजना गरेको छ ।
रिजेन्ट रेसुडेन्सियल स्कुलका प्रधानध्यापक नवराज संजेलकानुसार उक्त कार्यक्रममा नेपाल प्रहरीका पुर्व प्रहरी अतिरिक्त महानिरिक्षक(एआईजी) गोविन्द थापा,महानगरिय प्रहरी बृत्त सातदोबाटो प्रहरी नायव उपरिक्षक (डिएसपी ) गौतम मिश्र ,प्याब्सन जिल्ला अध्यक्ष राधाकृष्ण महर्जन लगायतले चेतनाका अभावका कारण समाजमा विकृति,विसंगतिहरु बढदै गएको यस्को न्युनिकरणको लागि सचेत वर्ग अघि बढनुपर्ने र आम नागरिक,विद्यार्थीहरुले सामाजिक संजाल सचेत भएर मात्र प्रयोग गर्नु पर्नेमा बक्ताहरुले जोड दिनु भएको बताएका छन् ।
पछिल्लो समय किशोर,किशोरी तथा बालबालिकाहरु कुलत,लागू औंषधको सेवन साईवर क्राइम जस्ता अपराधिक क्रियाकलापमा फस्दै आएका कारण यस्को न्युनिकरण गर्ने उद्धेश्यले विद्यालयले विद्यार्थीहरुका अभिभावकहरु सँगै राखेर यो कार्यक्रमको आयोजना गरेको रिजेन्ट रेसिडेन्सियल स्कुलका प्रधानध्यापक नवराज संजेलले जानकारी दिनु भएको छ ।
विद्यार्थीहरुबाट उठेको शुल्कबाट केही रकम छुटाएर सामुदायिक प्रहरीलाई एक थान ल्यापटप प्रदान गरेको विद्यालयका प्रधानध्यापक संजेलले बताएका छन् ।
सो कार्यक्रममा वाग्मती गाउँपालिका प्रबक्ता एवं वाग्मती-३ भट्टेडाँडाका वडाअध्यक्ष विष्णु तिमल्सिना,विभिन्न तपतहका व्यक्तित्वहरु,अभिभावकहरु,शिक्षक,शिक्षिका,विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
तस्बिर श्रोत:
महानगरिय प्रहरी वृत्त ,सातदोबाटो,ललितपुर।