खाँडादेवीस्थित सिद्धदेवी खत्रीगाउँमा मिनिट्रक दुर्घटना ,चालक ,सहचालकको उद्दार हुँदैं


श्याम तामाङ,तामाङपेज,काठमाडौं।

रामेछाप। खाँडादेवी गाउँपालिका -६ सिद्धदेवीमा खत्रीगाउँ जाने बेला वा.५ ख २३८६ नम्बरको मिनिट्रक दुर्घटना सोमबार भएको छ ।
स्थानिय गौतम मोक्तानकानुसार सडक चिप्लो भएको ,उकालोमा ब्रेक फेल भै सिधै झर्दा ६० मिटर तल कान्लामुनि मिनिट्रक पुगेको र चालक ,सहचालक दुबैजना मिनिट्रकमा नै रहेकाले स्थानिय वासिन्दा र नेपाल प्रहरीको सक्रियतामा उद्धार हुन लागेको जनाएका छन् ।
ईलाका प्रहरी कार्यालय चोप्राङका प्रहरी नायव निरीक्षक चन्द्र श्रेष्ठले प्रहरी र स्थानिय टोलि दुर्घटनास्थल पुगि सकेको बताउनु भएको छ ।
तस्बिर:
गौतम मोक्तान तामाङ

प्रकाशित: समय: 14:28:27  960पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार