तामाङपेज संवाददाता ।
काठमाडौं ।
बौंद्ध तिनचुलेस्थित आनन्दपुरमा प्रदेश सभा सांसद रामेश्वर फुँयालको प्रमुख आतिथ्यमा आईतबार स्पेशल स्पोर्ट्स क्लबको २३ औं साधारण सभा सम्पन्न भएको छ।
संचारकर्मी अमित लामाले तामाङपेजसँंग कुराकानी गर्नुहुँदै सो साधारण सभामा हास्यकलाकार श्रीकृष्ण सिम्खडा,राखेप प्रदेश नं ३ का सदस्य सचिव सुर्य भण्डारी,क्लबका सचिव कृष लामाले स्वागत मन्तब्य दिनु भएको थियो।
क्लबका अध्यक्ष राजकुमार लामाको सभाअध्यक्षतामा सम्पन्न उक्त सभाको बन्दसत्रले आगामी कार्यकालका लागि अनिल देवकोटाको अध्यक्षतामा ९ सदस्यिय स्पेशल स्पोर्ट्स क्लबका उपाध्यक्ष आशा श्रेष्ठ,सचिव कृष लामा,कोषाध्यक्ष रब्ब शेर्पा,सदस्यहरु शान्तिकुमारी लामा,सन्तकुमार लामा,सानुभाई लामा,सुजन श्रेष्ठ र उमेशकुमार न्यौंपानेलाई निर्विरोध निर्वाचित भएको पत्रकार लामाले जनाएका छन् ।