श्याम तामाङ ,तामाङपेज,काठमाडौं ।
अमेरिका/न्युयोर्क ।
तामाङ सोसाईटी अफ न्युयोर्कले शनिबार एक वर्ष पूरा गरेको अवसरमा संस्थाको वार्षिक साधारण सभा,उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई सम्मान,क्यारियर डेभलपमेन्ट एडभाइजमेन्ट कार्यक्रम जस्ता सभा समारोह आयोजना गरेर न्युयोर्कमा शनिबार कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रममा अमेरिकास्थित कर्नेल विश्वविद्यालयका प्रोफेसर डा.डभिड हेल्मबेर्ग ,प्रोफेसर डा.क्याथ मार्च र वरिष्ठ ईन्जिनियर बिक योन्जन बोस्टनले आफुले हासिल गरेका अनुभवहरु सुनाउनु भएको तामाङ सोसाईटी अफ न्युयोर्कका सचिव दीपेन्द्र लामाले बताए ।
उच्च शिक्षा हासिल गरी उत्कृष्ट अंक ल्याउन सफल दीपेन्द्र लामा,बभिता तामाङ,कामी याङ्ग्रेन लामा,राज लामा,पासाङ पाख्रीन,निरु योन्जन,सुनिता गुरुङ,फुर्वा लामा,याङग्रीन लामा,नोति लामा,पुजा लामा,अन्जना योन्जन र सुरेश बम्जन तामाङलाई उत्कृष्ट सम्मान गरेको थियो ।
सो वार्षिक साधारण सभामा संस्थाका सल्लाहकारहरु ,प्रतिनिधिहरु,अतिथिहरु, अन्य महानुभावहरु,विभिन्न तपतहमा रहनु भएका ब्यक्तित्वहरु,मानछिरिङ तामाङले तयार गर्नु भएको धादिङको उत्तरी क्षेत्रका तामाङ समुदायको जनजीवनसँग जोडिएको वृत्तचित्रको समेत प्रदर्शन गरिएको तामाङ सोसाईटी अफ न्युयोर्कको प्रथम वार्षिक साधारण सभा संस्थाकी अध्यक्ष एवं सामाजिक अभियन्ता गोमा योन्जनको सभा अध्यक्षतामा सम्पन्न भएको जनाएका छन् ।