गोदावरीखोला क्षेत्र सरसफाईको २० औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।
ललितपुर ।
महिला तथा बालबालिकाहरुको पहलमा गोदावरीखोला क्षेत्र साप्ताहिक सरसफाई अभियानको २० औं शृङ्खला आईतबार सम्पन्न भएको छ ।

 

आईतबार बिहान गोदावरीखोला क्षेत्रको रचनाटार खोलाक्षेत्रमा भएको सरसफाई अभियानमा सहभागी हुनु भएका नेपाली चलचित्र चपली हाईटका नायक एवं सामाजिक अभियन्ता राज घिमिरेले तामाङपेजसँग कुराकानी गर्नु हुँदै गोदावरीखोला क्षेत्र सरसफाई अभियानमा वाग्मती अभियन्ता चित्र सुनुवार,कौशल्या घिमिरे,शेखर क्षेत्री,युवा समाजसेवी सन्तोष तामाङ,गोदावरी नगरपालिका वडा नं.२ सदस्य लक्ष्मिदेवी सिलवाल,शेखर गिरी,नेप्को नेपाल हरिसिद्धिका सुरेन्द्र आचार्य,मुक्तिनाथ विकास बैंकका रीता घिमिरे,नेपाल रेडक्रस गोदामचौर शाखाका सभापति नन्द श्रेष्ठ ,रामचन्द्र थापा ,गोदावरी खोला क्षेत्र सरसफाई अभियानका मुख्य अभियन्ता एवं संयोजक बेबी राजभण्डारी थापा,गोदावरी खोला क्षेत्र सरसफाई अभियन्ताहरु : तारा खड्का,मन्जु भट्टराई,पिन्की खनाल,रन्जिता खत्री,नारायणी पाण्डे,कुन्ता थापा,सावित्री बिष्ट,नारायणी थापा,आस्मा थापा,करुणा थापा,मीरा थापा,प्रशान्त थापा,सुबोध थापा,दीलेन्द्र थापा,दिलिप थापा,महानगरिय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरीहरु ,स्थानिय वासिन्दाहरुको सहभागितामा सरसफाई गरिएको जनाएका छन् ।

नायक एवं सामाजिक अभियन्ता घिमिरेले सरसफाईको क्रममा संकलन गरिएको दुई टन फोहोर नेप्को नेपाल हरिसिद्धिले ब्यवस्थापन गरेको कुरा समेत बताउनु भएको छ ।

 

 

 

 

 

 

प्रकाशित: समय: 23:18:42  448पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार