तामाङपेज संवाददाता ।
तनहुँ ।
साहित्यिक समूह बन्दीपुरले बन्दीपुरको बन्दीपुर सामुदायिक होमस्टेमा मंगलबार सिर्जना र असार,बन्दीपुर दुराडाँडे दाइ नामक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।
गण्डकी क्षेत्रका कास्की,लमजुङ,तनहुँ,बाग्लुङ लगायतका साहित्यकारहरुको जमघटमा रहेको उक्त साहित्यिक कार्यक्रमको पुर्व मन्त्री भीमप्रसाद गौतमले प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समसामयिक विचारमा कविहरु हेमबहादुर थापा( सराङकोट),टीकाराम पौंडेल(स्याङजा),यामबहादुर घर्तीमगर(बाग्लुङ)नेपाली डीबी(कास्कीकोट) पार्वती जिसी(कास्की)खेमजं गुरुङ(लमजुङ)भीमप्रसाद गौतम(तनहुँ) दीपक वाईवा तामाङ(छेलाङ) धनप्रसाद तामाङ(सैमराङ) लगायतले आ-आफ्नो सिर्जनात्मक प्रस्तुती पस्किनु भएको थियो।
तामाङपेजसंग कुराकानी गर्नु हुँदै असार महिना,याम,यस भित्रका पर्व,संस्कृति,सन्दर्भ र हिले बाबरीको मुलभुत मान्यता,मर्म र कार्यक्रमको औंचित्यबारे जानकारी ,सहजिकरण ,परिकल्पनाकार धनप्रसाद तामाङले गरेका थिए ।
सो साहित्यिक कार्यक्रमको सभाअध्यक्षता दीपक वाईवा तामाङको र स्वागत मन्तब्य कवि नेपाली डीबीले गर्नु भएको थियो ।