नेपाल कम्युनिष्ट पार्टी नेकपाको ललितपुर ईन्चार्ज दहाल,सह-ईन्चार्ज हमाल र ललितपुर महानगरपालिकाको ईन्चार्जमा नेपाललाई जिम्मेवारी


तामाङपेज संवाददाता ।
ललितपुर ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कार्यालय,काठमाडौंले देशैभरको जिल्ला ईन्चार्ज ,सह इन्चार्ज र महानगरपालिका इन्चार्जहरुको नाम आईतबार जिम्मेवारी प्रदान गरेको पत्र सार्वजनिक गरेको छ ।

राजधानीको ललितपुर जिल्लामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य हरि दहाल ललितपुर जिल्ला ईन्चार्ज,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य प्रमेश हमाललाई जिल्ल सह-ईन्चार्ज र पुर्व सांसद एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य शुशिला नेपाललाई ललितपुर महानगरपालिकाको ईन्चार्जमा जिम्मेवारी प्रदान गरेको नाम सार्वजनिक गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरको जिल्ला सदस्यहरु १ सय ५५ जनाको नाम केही दिन अघि सार्वजनिक गरेको छ।
तत्कालिन एमाले र माओवादीको एकीकृत पछि बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय,केन्द्रीय समिति,जिल्ला सदस्यहरु,जिल्ला ईन्चार्ज,सह-ईन्चार्ज र महानगरपालिकाको ईन्चार्जको जिम्मेवारी आईतवारसम्ममा सार्वजनिक गरेका छन् ।

प्रकाशित: समय: 20:19:01  991पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार