श्याम तामाङ ,तामाङपेज,काठमाडौं ।
ओमान । नेपाली समाज ओमानको ८ औं महाधिवेशन शुक्रबार ओमानको राजधानी मस्क्टस्थित अल अजैवा होटल अपार्टमेन्टमा नेपाली राजदुतावास ओमानका श्रमसहचारी कृष्णकुमारी गौंलिको प्रमुख आतिथ्यमा र एन आर एन ए ओमानका सचिव डीबी क्षेत्रीको विशेष आतिथ्यमा भब्य रुपमा सम्पन्न भएको छ ।
ओमानस्थित विभिन्न सामाजिक ,राजनीतिक ,जातिय संघ संस्थाहरुको प्रतिनिधिहरु,नेपाली समाज ओमानका प्रतिनिधिहरुको उपस्थितिमा आयोजित ८ औं महाधिवेशनको बन्द सत्रले नेपाली समाज ओमानको अध्यक्षमा दिल रोक्काको अध्यक्षमा निम्न कार्यसमितिका प्रतिनिधिहरुलाई निर्विरोध निर्वाचित गरेका छन् ।
समाजको उपाध्यक्ष जीवनकुमार ढुंगाना,सहउपाध्यक्ष रमला श्रेष्ठ ,महासचिव चकराज घले,सचिव विवेक राई,सहसचिव भीमप्रसाद कोईराला,कोषाध्यक्ष पार्वती श्रेष्ठ,सहकोषाध्यक्ष अर्जुन श्रेष्ठलाई छनोट गरेको छ भने समाजको सदस्यहरुमा राजकुमार कार्की,सज्जन सुब्बा,देवीबहादुर कार्की,रवीन्द्र राजथला,सुरज थापा,शिवप्रसाद पाण्डे,दीपक सापकोटा,कुमार पुडासैनी,गोविन्द कुँवर,तोरण थापामगर,लिला के.सी.नारायण सापकोटा,त्यस्तैगरी महिला सदस्यहरु: देवी मगर,धनकुमारी चौधरी,अस्मिता रोक्का,शारदा तिवारी,माया रानामगर,चन्द्रकला राईलाई सदस्यमा चयन गरेको छ ।
नेपाली समाज ओमानको साँस्कृतिक संयोजक किरण राई,सह-संयोजक प्रताप लामालाई छनोट गरेका छन् ।
समाजको सल्लाहकारहरुमा ओमकार तामाङ,रन्जित आचार्य,गोमा थापामगर,बेल पुनमगर,मादी गुरुङ,तोलाकान्त भट्टराईलाई चयन गरेको छ ।
नेपाली समाज ओमानको नेपाल प्रतिनिधिमा संदेश चामलिङराई,देवनारायण तिवारी,भरतजंग राई,योगेश बानुराई,ईच्छा राईलाई छनोट गरेको छ भने संरक्षकमा सामाजिक अभियन्ता लिलानाथ कोईरालालाई ८ औं महाधिवेशनले सर्वसहमत चयन गरेका छन् ।
नेपाली समाज ओमानको ८ औं महाधिवेशन समाजका कार्यबहाक अध्यक्ष जीवनकुमार ढुंगानाको सभाअध्यक्षतामा सम्पन्न भएको उक्त अधिबेशनमा अधिबेशनको विचविचमा कलाकारहरुको साँस्कृतिक प्रस्तुतिले अधिबेशनको माहोललाई संगीतमय समेत बनाएका थिए भने उपस्थित प्रमुख अतिथि,विशेष अतिथि,प्रतिनिधिहरु,अतिथिगणहरु,संचारकर्मीहरु र सहभागि दाजुभाई तथा दिदिबहिनीहरुलाई स्वागत मन्तब्य कचराम घलेले ब्यक्त गर्नु भएको थियो।
तस्बिर :
नेपाली समाज ओमान ।