एनआरएनए जापानको कान्तो क्षेत्रीय समितिको अध्यक्षमा राकेश रुम्बा तामाङसहित कार्यसमिति निर्विरोध निर्वाचित


तामाङपेज संवाददाता ।
काठमाडौं ।

जापान । एन आर एन ए जापान कान्तो क्षेत्रीय समितिको शनिबार सम्पन्न विशेष भेलाले राकेश रुम्बा तामाङको अध्यक्षतामा १५ सदस्यीय एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।

एन आर एन ए जापान कान्तो क्षेत्रीय समितिको अध्यक्ष राकेश रुम्बा तामाङ,उपाध्यक्षहरु: दीपेश खत्री,भीम रायमाझी,चन्द्रकुमार के.सी.,सचिव विमानसिंह मोक्तान तामाङ,सहसचिव मनोज श्रेष्ठ,नेत्र पाण्डेय,कोषाध्यक्ष सागार कार्की,सहकोषाध्यक्ष शैलेन्द्र खड्का र सदस्यहरुमा रमेश भण्डारी,अस्मिता महर्जन,दीपकप्रसाद सुवेदी,नीरा उपाध्याय,विनोद राई,अनुज के.सी.लाई निर्विरोध भेलाले निर्वाचित गरेको जनाएका छन् ।

कार्यसमितिको कार्यकाल दुई वर्षको रहेको एन आर एन ए जापान कान्तो क्षेत्रीय समितिले तामाङपेजसँगको सम्पर्कमा जानकारी दिनु भएको छ ।

तस्बिर:

रुबिना तामाङ

प्रकाशित: समय: 10:43:17  394पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार