विप्लव नेकपाका उपत्यका ब्युरो ईन्चार्ज माईला लामालाई भक्तपुरको काँडाघारीबाट प्रहरीद्वारा पक्राउ


तामाङपेज संवाददाता ।

काठमाडौं ।
नेत्र विक्रम चन्द विप्लव नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्युरो ईन्चार्ज प्रज्ज्वल माईला लामालाई गएराती रातको १२ बजेर २० मिनेट जाँदा अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीको विशेष टोलिले पक्राउ गरेको छ ।

महाशाखाका वरिष्ठ प्रहरी उपरिक्षक सहकुल थापाकानुसार ईन्चार्ज लामासँगै रोशन तामाङलाई पनि पक्राउ गरिएको जनाएका छन् ।

प्रहरीले विप्लव नेकपाका नेता,कार्यकर्ताहरुलाई बम विष्फोट लगायत विभिन्न घटनामा संलग्न रहेको भन्दै मुद्दा चलाउँदै आएको छ ।

प्रकाशित: समय: 10:19:25  561पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार