गजल

फानु लामा चिन्ता नेप्टी,चितवन ।

झरना र खोल्सी मिलि खोला बनिन्छ
नदेख्ने कुरो सत्य होइन होला भनिन्छ ।।

मान्छे एकपटक सुन जोख्छ सयपटक
सयलाल सुन जोखाइ नैं तोला भनिन्छ ।।

अनपढ लाटी पढन नपाइ बाटो बिराउँछ
भोगाइ कडा छ अरिङ्गालको गोला भनिन्छ।।

छरपष्ट छर्किदैं देख्छु रंगिन जस्तैं रंगशाला
एउटै रंगमा नदेख्ने तत्वलाई घोला भनिन्छ।।

खोइ त भन्या जस्तो ठ्याक्कै कहाँ मिल्छ र
अधिकभन्दा अटने भाँडोलाई झोला भनिन्छ ।।

प्रकाशित: समय: 23:17:11  714पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार