महाँकाल गाउँपालिकाको बुखेल र मानिखेलको बाढीपहिरोबाट क्षतिको विवरण संकलन कार्य सकियो ,भोलि गोटिखेलमा विवरण संकलन हुने


श्याम तामाङ,तामाङपेज ।

ललितपुर । बाढीपहिरोबाट क्षति भएकाहरुको वास्तविक विवरण संकलन कार्य महाँकाल गाउँपालिकामा ईलाका प्रशासन कार्यालय गोटिखेलका ईलाका प्रशासन प्रमुख रामचन्द्र खतिवडाको संयोजकत्वमा गठीत विपदको क्षति मुल्यांकन समितिले शुक्रबार महाँकाल-१ बुखेल र शनिबार महाँकाल-२ मानिखेलको बाढीपहिरोबाट क्षति भएकाहरुको विवरण संकलन सम्पन्न गरेको छ ।

महाँकाल गाउँपालिकाको बुधबार गाउँपालिका अध्यक्ष रामचन्द्र दहालको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाका ६ वटै वडा वस्तीहरुमा स्थलगत पुगेर विवरण संकलन गर्नको लागि विपद क्षति मुल्यांकन समितिको संयोजकमा रामचन्द्र खतिवडा प्रमुख ईलाका प्रशासन कार्यालय,सदस्यहरुमा रामचन्द्र ढकाल अधिकृत महाँकाल गाउँपालिका,दीपकप्रसाद दुलाल पशु स्वास्थ्य प्राविधिक,रामबालक ठाकुर ,प्रहरी नायव निरीक्षक,टुंगुन ईलाका प्रहरी कार्यालय,राजाराम श्रेष्ठ स्वास्थ्य प्रबर्द्धन अधिकृत नेपाल रेडक्रस सोसाईटी,जीवन लाप्चा,सव ईन्जिनियर राष्ट्रिय पुननिर्माण प्राधिकरण महाँकाल-२ मानिखेल र गंगाप्रसाद तिमल्सिना वडासचिवलाई सदस्य -सचिवको जिम्मेवारी तोकेर खटाएका छन् ।

गाउँपालिकाबाट गठीत समितिले महाँकाल – १ बुखेल र महाँकाल -२ मानिखेलको विवरण संकलन शुक्रबार र शनिबार गरि दुई दिनमा सम्पन्न गरेको छ ।

महाँकाल-३ गोटिखेलको भोलि श्रावण ५ गते आईतबार बिहान ७ बजे र अन्य महाँकाल गाउँपालिका वडा नं.४,५ र ६ वडाहरु क्रमशः कालेश्वर श्रावण ६ गते ,चन्दनपुर श्रावण ७ गते र ठुलादुर्लुङ श्रावण ८ गते बिहान ७ बजेलाई सबै वडाको लागि समय एकिन गर्दै सम्पन्न गरि महाँकाल गाउँपालिका समक्ष विवरण प्रतिबेदन बुझाउने लक्ष्य लिएको समितिका संयोजक एवं ईलाका प्रशासन कार्यालय गोटिखेलका ईलाका प्रशासन प्रमुख रामचन्द्र खतिवडाले तामाङपेजसँग कुराकानीको क्रममा जानकारी दिनु भएका छन् ।

तस्बिर :
रामचन्द्र ढकाल

प्रकाशित: समय: 22:43:43  797पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार