शरण हुमागाईको ‘हाँस्ने खेल्ने’ बजारमा (भिडियो सहित)


राजा राम गौतम, तामाङपेज ।

काभ्रे ।

लोक दोहोरी गायक तथा संचारकर्मी शरण हुमागाईं र सपना गुरुङ्गको स्वरमा हाँस्ने खेल्ने बोलको गीत बजारमा आएकोे छ ।
डिएआर मुभिजको प्रस्तुतिमा आएको गीतमा चर्चित वरिष्ठ लोक गायक मच्चेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको थेगो, शब्द शरण हुमागाईंको रहेको छ । पुराना सर्जक मच्छेश्वर सापकोटाको पुरानो गीतलाई नयाँ प्रविधिमा स्टुडियो मालाश्रीमा रेर्कड गरिएको गीतको ध्वनी सम्पादन खडक बाजुरालीले गरेका हुन् ।
हेरुका लामाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा स्वयंम हेरुका लामा र आयुष्मा कार्कीको अभिनय रहेको छ ।
दृश्य छायाँकन र ड्रोन रोनिश तामाङको रहेको छ । म्युजिक भिडियोको सम्पादन नविन भट्टले गरेका छन् । कला राजाराम गौतमको रहेको उक्त गीतको म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइको रहेको छ ।
केही दिन अघिमात्र सपनी नामक लोक दोहोरी गीत लेराएको डि.ए.आर मुभिजले जालमा फसायौ भाग–२ को काम सम्पादनको चरणमा रहेको र सो अघि केही अरु गीत लेराउने जानकारी डि.ए.आर मुभिजले गराएको थियो ।
‘हाँस्ने खेल्ने’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट श्रोता तथा दर्शकमाँझ लेराईएको छ ।
गीतको भिडियो तलको लिंकमा रहेको छ ।

प्रकाशित: समय: 19:59:31  530पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार