राजा राम गौतम, तामाङपेज ।
काभ्रे ।
केहि दिनको लगातार बर्षाले पुल बगाए पश्चात अप्ठ्यारोमा परेका स्थानीयलाई ससस्त्र प्रहरीले बेलिब्रिज बाईदिए पश्चात आवागमनमा सहज भएको छ ।
सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्कि पुलको किनारा भिषण वर्षाले बगाएर लगेपछि पाँच दिन देखि आवागमन ठप्प हुँदा स्थानीयहरुले स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगायतका विविध किसिमको समस्याहरु झेलिरहेका थिए ।
स्थानीयबासी सडक संजालबाट सम्पर्क टुट्दा स्वास्थ्य, शिाक्षा, यातायातमा असहज भएको देखि बेलिब्रिज निर्माण गरी सहज बनाएको सशस्त्र प्रहरी बलको सुरक्षा बेस सम्हाल्नु भएका प्रहरी निरीक्षक दिपक कोईराला बताए ।
पुलको बरियारपट्टी तर्फको कटान हुँदा पाँच दिन देखि आवागमन ठप्प थियो, मान्छे नै तर्न नसक्ने र सार्वजनिक साधन पनि वारी पारि गर्न नसक्ने अवस्था र राजमार्गसम्म बिरामी लेराउन पनि बैकल्पिक बाटो नभएको अवस्थामा सस्त्र प्रहरीले बेलिब्रिज बनाए पश्चात जनजीवन सहज भएको स्थानीय श्याम लाल राजवंशीले बताए ।
सशस्त्र प्रहरी बलको सुरक्षा बेसले आफ्नो बेसको लगानीमा सिमित श्रोत साधन प्रयोग गरी अस्थाई फलामे पुल निर्माण गरेको हो। पुल निर्माण पश्चात मोटर साइकल लगायत दुई पांग्रे सवारी र स्थानीयलाई आवत जावतमा सहज भएको छ ।