गोदावरीस्थित बडीखेलमा वृक्षारोपण कार्यक्रम


तामाङपेज संवाददाता ।
ललितपुर ।

गोदावरी नगरपालिका वडा नं.४ बडीखेलस्थित ग्वालिन्दहको आसपासमा रहेको खाली ,पर्ती,ऎलानी र सार्वजनिक जग्गामा डिभिजन वन कार्यालय ,सानो हात्तिवन,ललितपुरको आयोजनामा खाली,पर्ती ,ऎलानी र सार्वजनिक जग्गाको संरक्षण गर्ने हामी सबैको साझा दायित्व हो भन्ने मुलनाराकासाथ वोटविरुवा रोपि वृक्षारोपण कार्यक्रम शनिबार भब्य जनसहभागितामा सम्पन्न भएको छ ।

महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका इनिष्पेक्टर श्यामकुमार कटवालले तामाङपेजसँगको सम्पर्कमा जिल्ला डिभिजन वन कार्यालय प्रमुख नवीन गिरी,गोदावरी नगरपालिका वडाअध्यक्षहरु बालमुकुन्द घिमिरे,मुकुन्द पहरी,ग्वालिन्दह सामुदायिक वन उपभोक्ता समिती,स्थानिय क्लबहरु,महिला ,नेपाल प्रहरी ,स्थानिय वासिन्दाहरुको सहभागितामा रुद्राक्ष,तेजपत्ता,ओखर,स्याउ,नास्पती,कटुस जस्ता वोटविरुवाहरु एक सय जनाको सहभागिता तीन सयवटा वोटविरुवा रोपेको जनाएका छन् ।

प्रकाशित: समय: 18:29:35  829पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार