जनकपुर साप्ताहिक सरसफाईको ३१ औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

धनुषा । महिला एवं बालबालिकाको पहलमा प्रत्येक साताको शनिबार बिहान ७ देखि ८ बजेसम्म नियमित संचालन हुँदै आएको साप्ताहिक सरसफाई अभियानको ३१ औं शृङ्खला जनकपुरको रेलवे ट्रैक सहित रेलवे परिसर वरिपरि सरसफाई गरी सम्पन्न भएको छ ।

अभियानकी मुख्य अभियन्ता एवं संयोजक रुबीकुमारी झा र युवा सरसफाई अभियन्ता दीपककुमार चौधरीको अगुवाईमा हुँदै आएको सरसफाई अभियानमा गान्धि पिस फाउन्डेसन अध्यक्ष लालबहादुर राना,कमला बचाउँ अभियानका अभियन्ता विक्रम यादव,युवा नेता रोशन मिश्र,दिनेश यादव,अभियन्ताहरु दिवाकर झा,सुदिप मण्डल,हेल्प मधेसी केन्द्रीय सदस्य सत्रुधन शाह,आदित्य ठाकुर,बाल अभियन्ता प्रेम गुप्ता,चन्दन ठाकुर,पुष्पेन्द्र यादव,दक्ष झा,न्युज 24 टेलिभिजन संवाददाता तंवीर रेजा,जनकपुर स्टेसन प्रहरी चौंकी प्रमुख रामजीवनको कमाण्डमा १० जना नेपाल प्रहरी,सरसफाई अभियन्ताहरु,स्थानिय वासिन्दाहरुको सहभागितामा वर्षातको पानीले भिजेर समेत सरसफाई अभियान गरेको जनाएका छन् ।

 

 

 

प्रकाशित: समय: 16:39:49  509पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार