श्याम तामाङ,तामाङपेज ।
ललितपुर । नेपाल तरुण दल महाँकाल गाउँपालिकाले ६ सुत्रीय ध्यानाकर्षण सहितको ज्ञापन पत्र महाँकाल गाउँपालिका उपाध्यक्ष कमला तामाङलाई शुक्रबार गाउँपालिकाको कार्यालय ,गोटिखेलमा प्रदान गरेका छन् ।
नेपाल तरुण दल महाँकाल गाउँपालिका अध्यक्ष जिरामान लामाको नेतृत्वमा गएको नेपाल तरुण दलको टोलिले महाँकाल गाउँपालिका उपाध्यक्ष तामाङसमक्ष गाउँपालिकालाई बुझाईएको ध्यानाकर्षण सहितको ज्ञापनपत्रमा विपदका समयमा जनप्रतिनिधि ,कर्मचारी,संघसंस्था,युवा,महिला,समन्वय नगरी अस्तव्यस्त संचालित,घरगोठ क्षति हुँदा पनि धनमाल र उद्धारमा चासो नराखिएको,पहिरोले विस्थापितलाई हालसम्म बेवास्ता गरिएको,खानेपानीका पाईप हरेक टोलमा बाढीले बगाई खानेपानीको समस्या हुँदापनि कुनै पहलको सुरुवात नभएको,बाढीका कारणले विभिन्न रोगका हुनसक्ने संक्रमण प्रतिपुर्ण रुपमा बेवास्ता गरिएको र मुख्य आयश्रोतको रुपमा रहेको कृषि पेशामा उत्पादित रहेका सामग्रीहरु बाटोका कारणले ठप्प रहँदापनि बाटो खुलाउन वडा तथा गाउँपालिका निस्क्रीय रहेको जस्ता बुँदाहरु उल्लेख छ ।
नेपाल तरुण दल महाँकाल गाउँपालिकाले पालिकासमक्ष पेश गरिएका ध्यानाकर्षणको सम्बोधन नभएमा आन्दोलन गर्ने चेतावनी समेत दिएको अध्यक्ष जिरामान लामाले तामाङपेजसँगको सम्पर्कमा बताएका छन् ।