बौद्धनाथ परिसरमा शान्तिपुर्ण मैनबत्ती जुलुस


तामाङपेज संवाददाता ।

काठमाडौं । बौंद्ध बचाउ संघर्ष समितिको आयोजनामा शुक्रबार साँझ श्री बौद्ध घ्याङ गुठीका प्रमुख लामा एवं चिनियाँ लामा भुपतिबज्र लामाको क्रियाकलापका विरुद्ध बौंद्ध परिसरमा मैनबत्ति जुलुसको आयोजना गरेर विरोध जनाएका  छन् ।

 

बौंद्ध बचाउ संघर्ष समितिका संयोजक एवं श्री बौंद्ध तामाङ कल्याण गुठीका अध्यक्ष समेत रहनु भएका खडगजीत लामाले भुपतिबज्र लामाको गलत क्रियाकलाप र चिनियाँ लामा,प्रमुख लामाबाट वर्खास्ती या राजिनामा नभएसम्म आन्दोलन जारी रहने बताउनु भएको छ।

तामाङपेजसँगको सम्पर्कमा लामाले शुक्रबार साँझ गरिएको मैनबत्ति जुलुसमा स्थानिय संघसंस्थाका प्रतिनिधि,स्थानिय वासिन्दाहरु लगायत सरोकारवालाहरुको व्यापक सहभागिता रहेको जनाए।

बौंद्ध बचाउ संघर्ष समितिले भुपतिबज्र लामाको राजिनामा या बर्खास्तीको लागि करिब एक महिनादेखि धर्ना,ज्ञापन पत्र हस्तान्तरण ,गुठी संस्थान ,गुरु ल्हाखाङ गुम्बा घेराउ जस्ता विभिन्न आन्दोलनहरु गर्दै आएको समितिका प्रबक्ता एवं श्री बौद्धनाथ क्षेत्र विकास समितिका पुर्व अध्यक्ष सम्पुर्णकुमार लामाले जानकारी दिनु भएको छ।

तस्बिर :

अमित लामा ।

 

 

 

 

 

प्रकाशित: समय: 9:39:33  581पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार