मेरुदण्ड भाँचिएका सुरेन्द्रकुमार बम्जनको सहयोगार्थ बृहत् सांस्कृतिक कार्यक्रम श्रावण ११ गते बौद्धमा हुँदै


श्याम तामाङ ,तामाङपेज ।

काठमाडौं । खोज ईन्टरटेन्टमेन्ट एण्ड मिडियाको आयोजनामा मेरुदण्ड भाँचिएका सुरेन्द्रकुमार बम्जन तामाङको उपचारका निमित्त श्रावण ११ गते शनिबार दिनको १ बजेे यंग्रीमा हिल सिटि होटल बौद्धमा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

खोज ईन्टरटेन्टमेन्ट एण्ड मिडियाका प्रतिनिधि एवं आयोजक गणेशबज्र योन्जन लामाका अनुसार मेरुदण्ड पीडित बम्जनको सहयोगार्थ चर्चित कलाकारहरु प्रेम लोप्चन ,इन्दीरा गोले,शशिकला मोक्तान,नन्दु राई,सुनिता लुङ्गबा ,सन्जीब योन्जन,सुनिता बल तामाङ ,बाल गायिका जिग्मे छ्योकी घिसिङ तामाङ,रिता केसि,नवीन खड्का ,शुक्र दोङ तामाङ लगायतका कलाकारहरुले प्रस्तुती दिएर सहयोग संकलन गर्ने जनाएका छन् ।

सो कार्यक्रममा उपस्थित भएर आर्थिक सहयोग गर्नको निमित्त आयोजक संस्था खोज ईन्टरटेन्टमेन्ट एण्ड मिडियाले सरोकारवाला सबैमा अनुरोध गरेको छ ।

सिन्धुली जिल्ला ,घ्याङलेख गाउँपालिका वडा नं.१ अमलेका स्थायी वासिन्दा हाल काठमाडौं बौंद्ध टुसालमा बसोबास गर्दै आउनु भएका सुरेन्द्रकुमार बम्जन तामाङ ,सिन्धुलीको सदरमुकामबाट घर जाने क्रममा भिरबाट विं.सं.२०६९ भाद्र २७ गते लडेर मेरुदण्ड भाँचेको र शरिरको आधा भाग नचलेको आर्थिक अवस्था कमजोर भएकोले उपचारको निमित्त साँस्कृतिक कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाका प्रतिनिधि गणेशबज्र योन्जन लामाले बताएका छन् ।

प्रकाशित: समय: 8:41:09  752पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार