जनकनंदनी गाउँपालिकास्थित इनरवाकाका १ सय ७० घरधुरिका बाढीपहिरो डुवान पीडितलाई राहत प्रदान


तामाङपेज संवाददाता ।

धनुषा । अविरल वर्षातका कारण बाढीपहिरो डुवान पीडित जनकनंदनी गाउँपालिकाको वडा नं.१ इनरवाका १ सय ७० घरधुरिका बाढीपहिरो डुवान पीडितहरुलाई शुक्रबार हेल्प मधेसी नेपाल धनुषाको संयोजनमा हेल्प मधेसी तथा हेल्प मधेसी दोहा कतारको आर्थिक सहयोगमा र सरसफाई अभियन्ताहरुको रोहवरमा चामल ८ क्विन्टल,दाल २ क्विन्टल,नुन १ क्विन्टल ७० किलोलगायतका राहत सामग्री प्रदान गरेका छन् ।

 

जनकपुर सरसफाईका मुख्य अभियन्ता एवं संयोजक रुबीकुमारी झाले तामाङपेजसँग कुराकानी गर्नुहुँदै राहत प्रदान कार्यक्रममा हेल्प मधेसी नेपालका केन्द्रीय अध्यक्ष राम उदगार यादव,युवा सरसफाई अभियन्ता दीपककुमार चौधरी,अन्य सरसफाई अभियन्ताहरु दिवाकर झा,बलराम मण्डल ,धनुषा सेवा समाज दोहा कतारका भुपु अध्यक्ष सुनिल मण्डल रहेका थिए ।

त्यसैगरी हेल्प मधेसी नेपाल केन्द्रीय सदस्य संजयरान यादव,हेल्प मधेसी साउदी अरब जेद्दा दलान,दलान प्रमुख सत्रुधन शाह ,हेल्प मधेसी धनुषा सदस्यहरु रन्जन मण्डल,मो.अशरफ नदाफ,हरि शाह,सहयोगीहरु राकेश मरिता,अरबिन्द गोईत,कृष्णा मरिता,जवाहर महरा ,राजु कार्की लगायत हेल्प मधेसी ,हेल्प मधेसी धनुषाका पदाधिकारी र अन्य दाजुभाई तथा दिदिबहिनीहरुको सहभागिता रहेको बताउनु भएको छ ।

 

 

 

 

प्रकाशित: समय: 7:52:16  604पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार