वाग्मती -४ प्युटारका घाईते कान्छा घलेको स्वास्थ्य स्थिति बुझ्न सांसद सिलवाल मेडिसिटी अस्पताल नख्खुमा ,स्वास्थ्य उपचारमा विशेष ध्यान दिन चिकित्सकहरुलाई अनुरोध


 श्याम तामाङ,तामाङपेज ।

ललितपुर ।कान्ति लोकपथको कार्कीबासमा यात्रा गर्ने क्रममा पहिरोले बगाएर ल्याएको ढुंगाले लागि वाग्मती -४ प्युटारका कान्छा घले(दीपक )गम्भीर घाईते भइ उपचारको लागि नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका छन् ।

गम्भीर घाइते लामाको स्वास्थ्य स्थिति बुझ्न प्रतिनिधि सभाका सांसद नवराज सिलवाल ,वाग्मती -५ इकुडोल वडाअध्यक्ष साजन दर्लामी मगर ,वाग्मती -७ गिम्दीका वडाअध्यक्ष नवराज संजेल लगायतको टोलि मेडिसिटी अस्पताल नख्खुमा शुक्रबार स्वास्थ्य स्थिती बुझ्न पुग्नु भएको सांसद सिलवालका स्वकिय सचिव राजेन्द्र न्यौपानेले जानकारी दिनु भएको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदै स्वकीय सचिव न्यौपानेले सांसद सिलवालले गम्भीर घाईते भएका घलेको उपचारमा विशेष ध्यान दिन चिकित्सकहरुलाई अनुरोध समेत गर्नु भएको जनाएका छन् ।

प्रकाशित: समय: 15:19:32  701पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार