लुभु प्रहरीको सक्रियतामा पन्ध्र सय लिटर मदिरा नष्ट


तामाङपेज संवाददाता ।

ललितपुर ।

महानगरीय प्रहरी प्रभाग लुभुको सक्रियतामा गाँजा फडानी तथा घरेलु मदिरामा रक्सी,निगार,जाँड,छ्याङ गरि पन्ध्र सय लिटर नष्ट गरेको छ ।

प्रभागका ईन्चार्ज एवं प्रहरी नायव निरिक्षक भुवन खड्काले तामाङपेजसँग कुराकानी गर्नु हुँदै महालक्ष्मी नगरपालिका वडा नं.९ लामाटारको गणेशमान पार्कको आसपासमा उम्रेका र स्थानिय वासिन्दाहरुले संरक्षण गरि राखेका गाँजाको फडानी केही दिन अघि गरि नष्ट गरेका छन् ।

प्रहरी नायव निरिक्षक खड्काको कमाण्डमा १५ जनाको टोलिले ४ घण्टाको समयमा ३५ सय वटाभन्दा बढी गाँजाकोवोट नष्ट गरेको हो ।

प्रभागको कार्यक्षेत्र महालक्ष्मी नगरपालिकाको वडा नं.५ टिकाथली,वडा नं.६ सिद्धिपुर,वडा नं.७ चाङ्गाथली,वडा नं.८ लुभु,आरुबोट,डाँडागाउँ र वडा नं.९ को लामाटार रहेको छ ।

महानगरिय प्रहरी प्रभाग लुभुको ईन्चार्जको जिम्मेवार सम्हालेको चार महिनामा प्रहरी नायव निरिक्षक भुवन खड्काको नेतृत्वमा महालक्ष्मी नगरपालिका भित्रका गणेशमान पार्क,लामाटार,सिद्धिपुर,डाँडाथोक लगायतका क्षेत्रमा स्वत उम्रेका ,स्थानियवासीले संरक्षण गरेका गाँजा फडानी ,समुदाय प्रहरी साझेदारी अन्तर्गत टोल समिति गठन तथा सरसफाई कार्यक्रम,वालवालिका तथा अपाङ्गतालाई यौंन दुर्व्यवहार गर्ने दुई जनालाई लामाटार,चक्कु देखाई बलात्कार गर्ने एकजनालाई टिकाथलीबाट पक्राउ गरिएको,हाल अनुसन्धानको क्रममा महानगरिय प्रहरी बृत्त ,सातदोबाटोले कार्वाही अगाडि बढाईघरेलु मदिरा पन्ध्र सय लिटर नष्ट गरेको र दैवीप्रकोप अन्तर्गत अविरल वर्षाका कारण गोदावरी पुलमा आएको बाढीमा आवस्यक उद्धार तथा व्यवस्थापन कार्य गरेको जनाएका छन् ।

 

 

 

प्रकाशित: समय: 14:16:17  749पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार