महाँकाल गाउँपालिकाभित्र वर्षातपछिको क्षति विवरण आजदेखि बुखेलबाट संकलन हुने


तामाङपेज संवाददाता ।

ललितपुर।

दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाभित्र वर्षातका कारण भएको क्षतिको विवरण आज (शुक्रबार)देखि संकलन हुने भएको छ ।

बाढीपहिरोबाट महाँकाल गाउँपालिका वडा नं.१ बुखेल खरिडाँडाका पानमाया लो ,सन्दीप लो र बुखेल कोसिवनडोलका अविरल गोले तामाङले ज्यान गुमाएका छन् भने कोसिवनडोलका कुखुरा व्यवसायीहरुका पाँचहजार भन्दा बढी कुखुरा बाढीपहिरोका कारण नष्ट भएका छन्  ।

क्षतिको वास्तविक विवरण नभएकोले राहत वितरण गर्न समस्या देशै भर भएकोले स्थानिय,प्रदेश र केन्द्र सरकार लगायत सरोकारवाला निकायहरुले समस्या खेपिरहेको अवस्थामा देशैभर बिहिबारदेखि विवरण संकलन शुरु भएको छ ।

ललितपुरको महाँकाल गाउँपालिकामा पनि आज (शुक्रबार)देखि बाढीपहिरोबाट प्रभावित वस्ति वस्तिमा गएर क्षतिको वास्तविक विवरण संकलन कार्य सुरु गर्ने ईलाका प्रशासन कार्यालय गोटिखेलका प्रशासन प्रमुख रामचन्द्र खतिवडाले तामाङपेजसँगको सम्पर्कमा जनाएका छन् ।

इलाका प्रशासन प्रमुख खतिवडाको संयोजकत्वमा टुङगुन इलाका प्रहरी कार्यालय प्रमुख ,प्रहरी नायव निरिक्षक रामबालक ठाकुर,महाँकाल गाउँपालिका अधिकृत रामचन्द्र ढकाल,नेपाल रेडक्रस सोसाईटी स्वास्थ्य प्रबर्द्धन अधिकृत राजाराम श्रेष्ठ,महाँकाल गाउँपालिका भेटनरी प्रमुख दीपकप्रसाद दुलाल,राष्ट्रिय पुन निर्माण प्राधिकरण सहायक ईन्जिनियर जीवन लाप्चा सदस्य र सदस्य सचिवमा महाँकाल – ५ चन्दनपुरका वडा सचिव गंगा तिमल्सिना सदस्य सचिव रहेको महाँकाल गाउँपालिकाले बिहिबार क्षतिको विवरण संकलन समिति गठन गरेको छ।

समितिले एक हप्ताभित्र महाँकाल गाउँपालिका भित्र रहेका बुखेल,मानिखेल,गोटिखेल,कालेश्वर ,चन्दनपुर र ठुलादुर्लुङभित्रका बाढिपहिरोबाट क्षतिको विवरणको प्रतिवेदन तयार गरि सार्वजनिक गर्ने भएका छन् ।

तामाङपेजसँगको कुराकानीमा इलाका प्रशासन कार्यालय गोटिखेलका प्रशासन प्रमुख रामचन्द्र खतिवडाले आज (शुक्रबार) महाँकाल -१ बुखेलबाट क्षतिको विवरण संकलन कार्य शुरु गर्ने ,क्षति विवरण संकलनमा सम्बन्धित वडाको वडाअध्यक्ष,वडाका जनप्रतिनिधि ,वडाका कर्मचारी,बाढीपहिरोबाट पिडितहरुलाई प्रत्यक्ष स्थलगत भेटी क्षतिको विवरण संकलन गर्ने जनाउनु भएको छ ।

प्रकाशित: समय: 9:16:06  584पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार