श्याम तामाङ ,तामाङपेज ।
काठमाडौं ।
नेपाली गीत,संगीत आधुनिक ,पप ,लोक गीतका साथै अभिनयका एक नक्षत्र हुन् गायक – रुद्रसेन विश्वकर्मा ।
झ्वाट्ट हेर्दा नेपाली चलचित्रका सुपरस्टार महानायक राजेश हमालको जीउडाल ,अनुहारसँग मेल खाएका चर्चित गायक विश्वकर्मा विगत लामो समयदेखि नेपाली गीत,संगीतमा योगदान दिंदै हुनुहुन्छ ।
गायक रुद्रसेन विश्वकर्माको स्वर,अभिनय ,गायिका ज्योति मगरको स्वर रहेको कानोमे आँहाके झुम्का आज शुक्रबार दिउँसो २ बजे युट्युव च्यानलबाट सार्वजनिक हुने भएको छ ।
उक्त म्युजिक भिडियोको गीतमा संगीत रुद्रसेन विश्वकर्मा,अभिनय रुद्रसेन,रिचा,निर्देशन प्रदीपकुमार रसाईली,क्यामेरा दीपक गिरी,सम्पादन अमृत चापागाईं,मेक अप चाँदनी गिरी र निर्माता नीरकुमारी विश्वकर्मा ( सबिना) ले निर्माण गरेका हुन्। एरेन्जर विशाल निरौलाले गरेका छन् ।
सो कानोमे आँहाके झुम्काको आज (शुक्रबार) दिउँसो सार्वजनिक हुने भएको गायक विश्वकर्माले तामाङपेजसँगको कुराकानीमा जानकारी दिनु भएको छ ।
भिडियो हेर्नुहोस