टोकियोमा इन्करेजमेन्ट अवार्डको आयोजना हुँदै कुलमान घिसिङलाई सम्मान गरिने


टोकियो, जापान

आउँदो अगष्ट १७ तारिख शनिवार जापानको राजधानी टोकियो स्थित मेगुरो कुमिन सेन्टरमा इन्करेन्जमेन्ट अवार्ड २०१९ को आयोजना हुने भएको छ । नेपालको विभिन्न क्षेत्रमा योगदान दिनु भएका ब्यक्तित्वहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागेको आयोजक संस्थाले बताएका छन्।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जापानवासी नेपालीले अभिनन्दन सहित सम्मान गर्ने कार्यक्रम रहेको छ। साथै उक्त कार्यक्रमका लागि पहिलो नेपाल आइडल बुद्ध लामा, चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराई,चलचित्र कलाकार संघको अध्यक्ष तथा वरिष्ठ कलाकार रविन्द्र खड्का,नायक धिरेन शाक्य लगायतका कलाकारहरु जापान आउने तयारीमा रहेको आयोजकले जनाएको छ ।

कार्यक्रम जापानवाट संचालित अन्लाईन पत्रिका मातृ सन्देश डट कम र क्लव ४० इन्टरनेशनलको संयूक्त आयोजनामा हुन लागेको हो।

प्रकाशित: समय: 17:26:08  384पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार