तिलोत्तमा नगरपालिकास्थित सिक्स लाइन रोडमा भएको भगवान बुद्धको मुर्ति तोडफोडको चौतर्फी विरोध ,दोषिउपर कार्वाही गर्न माग


श्याम तामाङ,तामाङपेज ।

काठमाडौं ।

रुपन्देही ।

तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीछ भागमा पर्ने सिक्स लाइन मार्गमा स्थापना गरिएको भगवान बुद्धको २२ वटा मुर्तिमध्ये ५ वटा मुर्ति बुधबार राति तोडफोड गरेको घटनाप्रती घोर भत्सर्ना गर्दै विरोध गरेको छ ।

बिहिबार र शुक्रबार नेपाली काङ्ग्रेस संघिय संसद ,संसदीय दलको कार्यालय ,सिंहदरबारबाट प्रमुख सचेतक बालकृष्ण खाँण,नेपाल कम्युनिष्ट पार्टी नेकपा तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईं,तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरे,नेपाल तामाङ बौद्ध महासंघका केन्द्रीय अध्यक्ष गेसे ङिमा तामाङ,नेपाल तामाङ घेदुङका संघीय महासचिव महितकुमार तामाङ र नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष अनिला मोक्तान,महासचिव पेमा पाख्रीन तामाङ,नेपाल तामाङ घेदुङ कतारका अध्यक्ष एक्काप्रसाद तामाङ र सचिव विकास तामाङद्वारा प्रकाशित छुट्टा छुट्टै जारी विज्ञप्तिमार्फत दोषिउपर कडा कार्वाही गर्न माग समेत गरेका छन् ।

रुपन्देही प्रहरीले मुर्तितोडफोड गर्नेको अनुसन्धानसहित छानबिनको लागि प्रहरी टोलिको परिचालन र छानबिन समिती समेत गठन गरिएको प्रहरी प्रबक्ता एवं डिएसपी धर्मराज भण्डारीले जानकारी दिनु भएको छ।

 

 

 

 

 

प्रकाशित: समय: 0:40:11  615पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार