कठै मेरो देश !


“कठै मेरो देश”

बलत्कारीको सङ्ख्या बढ्दैछ।
कतै सँस्कार सँस्कृतिको भिख माग्दै
कठै मेरो देश
के के देख्ने परेको
कतै न्यायको लागि चित्कार
कतै सत्ताको लागि भागदौड
भएकै हो ।
खै कता छ कानुन
शान्ति अनि समृद्धि कुन चराको नाम हो ?
कोही संस्कृति जोगाउन कुम्लो च्याप्दै रोईरहेका
गिद्धहरुले घेरी रहेको त्यो भिडमा झैँ
स्यालहरुको त्यो हुलमा झैँ
आफ्नो बच्चालाई काखी च्यापी रोईराकी साँच्चै हो ।
कठै मेरो देश
के के सहनु परेको
कोही हजारौं खित्का छोडी हाँसेको देख्छु ।
कोही पागल झैँ नाँचेको
कोही आफ्नो सन्तान रक्षाको लागि
शिरुपातको तरबार बोक्दै
के लाग्छ शिरुपात
अजिङ्गरको खोरमा
के हुँदैछ हरे
भन्ने बेलामा नारी पुरुष बराबर
किन हुँदैछ नारीमाथी नै प्रहार
बारम्बार
हेर्दाहेर्दै रेटी सक्यो
आफैंलाई सन्सार देखाउने सृष्टिकर्तालाई
भाग्दा भाग्दै धारिलो रोप्ने भैसकेछ दिदीबहिनीलाई
अब कता जाँदैछ मेरो देश
अब कता जाँदै छ मेरो देश
बुद्ध जन्मेको मेरो देश साँच्चै रेटिएको छ ।
आमाले देखाएको बाटो के देख्नु
आफ्नै आमा रेट्नेहरुले
शान्तिको बाटो के रोज्नु
बाउको मुर्ती ढाल्नेहरुले
कठै मेरो देश

एनिका लामा तामाङ, काठमाडौं।

प्रकाशित: समय: 4:16:13  872पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार