तामाङपेज संवाददाता ।
धनुषा ।
विपत व्यवस्थापन समिति ,जिल्ला प्रशासन कार्यालय धनुषाको संयोजन,क्लोथ बैंक धनुषा र सरसफाई अभियन्ताहरुको विशेष पहलमा धनौजी गाउँपालिका वडा नं.३,४,५ मा रहेका बाढीपीडित तथा डुबान पीडितका लागि संकलित राहत भरियाटोल माईस्थान मन्दीर नजिककैको पुल भत्किएकाले धनौजी गाउँपालिका उपाध्यक्ष रामवती मण्डललाई त्रीपाल ६० थान,कम्बल ६० थान,झुल ६० थान,चामल ३ सय केजी,दाल ६० केजी,दालमोठ २ सय केजी,चिउरा ३ सय केजी,बिस्कुट ६० कार्टुन,लाईटर ६० थान,मैनबत्ती ३ सय थान,चाउ चाउ ६० थान बिहिबार जिम्मा लगाएका छन् ।
उक्त राहत जिम्मा लगाउने कार्यमा जिल्ला प्रशासन कार्यालय धनुषाका कर्मचारी ,क्लोथ बैंक धनुषाका कोषाध्यक्ष एवं सरसफाई अभियानका संयोजक रुबीकुमारी झा,क्लोथ बैंकका सदस्य एवं युवा सरसफाई अभियन्ताहरु दीपककुमार चौधरी,दिवाकर झा लगायतको उपस्थिती रहेको थियो ।