श्याम तामाङ,तामाङपेज ।
ललितपुर ।
अविरल वर्षातका कारण महाँकाल गाउँपालिका वडा नं.१ बुखेलमा तीन जनाले ज्यान गुमाएका परिवारहरुलाई समबेदना ब्यक्त गर्न प्रतिनिधि सभाका सांसद नवराज सिलवालको नेतृत्वमा प्रदेश सभा सांसदद्वय लालकुमारी पुन शुशिला ,चेतनाथ संजेल ,महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहाल ,उपाध्यक्ष कमला तामाङ ,जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल ,राष्ट्रिय अनुसन्धान विभाग ललितपुरका एस्पि अर्जुन भण्डारी ,महाँकाल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ओमप्रसाद पाण्डे,नेपाल रेडक्रस सोसाईटी ललितपुर सभापति बाबुराजा महर्जन,महानगरीय प्रहरी बृत्त चापागाउँ डिएस्पी रामचन्द्र सापकोटा,नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य कृष्ण बल तामाङ,उमेश बजगाईं,नेपाल उद्योग वाणिज्य संघको टोलिसम्मिलित प्रतिनिधिहरु बिहिबार बुखेल ,कोसिवनडोलमा बाढीपहिरोबाट ज्यान गुमाएकामध्ये अबिरल गोले तामाङको घरमा पुगेर समबेदना ब्यक्तसहित राहत प्रदान गरेका छन् ।
ईलाका प्रशासन कार्यालय गोटिखेलका ईलाका प्रशासन प्रमुख रामचन्द्र खतिवडाले तामाङपेजसँग जानकारी गराउनु हुँदै बाढीपहिरोबाट ज्यान गुमाएका परिवारहरुलाई प्रतिनिधि सभाका सांसद सिलवालले समबेदना ,दु:खद घडीमा शोकसनप्त परिवारजनमा दु:ख ब्यक्त गर्नु भएको बताउनु हुँदै ,सांसद सिलवालको उपस्थितिमा महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालले मृतक पानमाया लो,सन्दीप लो तामाङको परिवार ,अबिरल गोले तामाङको परिवारहरुलाई गाउँपालिकाको तर्फबाट रु. ५०/५० हजार नगद प्रदान गर्नु भएको छ ।
ईलाका प्रशासन प्रमुख खतिवडाले युवा विद्यार्थी नेता एवं अनेरास्ववियुका युनिक दहालले संकलन गरेको रकम रु.१८ हजार पानमाया लो ,सन्दीप लो तामाङको परिवारलाई ,अबिरल गोले तामाङको परिवारलाई नगद रु.१२ हजार राहत स्वरुप प्रदान गरेको जनाए।
नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति बाबुराजा महर्जनको टोलिले बाढीपीडित परिवारहरुलाई भाँडाकुँडा,नेपाल उद्योग वाणिज्य संघ ललितपुरले एक/ एक बोरा चिउरा र जिल्ला दैवीप्रकोप उद्धार समितिबाट एक ,एक वटा कम्बल,त्रीपाल प्रदान गर्नु भएको छ ।
बाढीपीडितबाट ज्यान गुमाएका परिवारको घरमा पुग्नु भएका ललितपुरका सहायक प्रजिअ खिमलाल भुषालले ज्यान गुमाएका प्रती परिवार नेपाल सरकारबाट केही दिनपछि एक/ एक लाख राहत प्रदान गर्ने जनाउनु भएको थियो।
सो राहत प्रदान समारोहमा महाँकाल -१ बुखेलका वडा अध्यक्ष खोमप्रसाद गौतम,नेरेसो जिल्ला कार्यक्रम संयोजक हरिप्रसाद सापकोटा,नेरेसो गोटिखेल शाखा सभापति हेमन्त पराजुली ,वडासदस्यहरु ,नेपाल रेडक्रस सोसाईटीका अरुण सुवेदी,राजाराम श्रेष्ठ,धर्मराज सत्याल,सबिना दहाल,विगुल न्युजका पत्रकार सरोज दहाल लगायतको उपस्थिति रहेको ईलाका प्रशासन कार्यालय गोटिखेलका ईलाका प्रशासन कार्यालय प्रमुख रामचन्द्र खतिवडाले बताएका छन् ।
ईलाका प्रशासन प्रमुख खतिवडाले प्रतिनिधि सभाका सांसद सिलवाल,प्रदेश सभाका सांसद पुन ,संजेल,सहायक सिडिओ भुषाल,नेपाल रेडक्रस सोसाईटीको टोलिस्थानिय सरकारका प्रमुख,उपप्रमुख ,कर्मचारीहरुको उपस्थितिले बाढीपीडितहरुमा सरकारको उपस्थितिले अभिभावकत्वको भुमिका निभाउन सफल भएको तामाङपेजसँग कुराकारी गर्दै जनाउनु भएको छ ।
सांसद सिलवालसहितको टोलिले महाँकाल गाउँपालिकाको बुखेल,मानिखेल,गोटिखेल,चन्दनपुर लगायतका बाढीपहिरोबाट क्षतिग्रस्त मोटरबाटो र वस्तिहरुको अवलोकन गरेका थिए ।