गोदावरी नगरपालिकास्थित बिशंखुनारायण रचनाटारका रामचन्द्र पुरी समाजसेवा र राजनितीमा अघि बढदैं


श्याम तामाङ,तामाङपेज ।

ललितपुर ।

समाजसेवा चाहेर मात्र हुँदैन ,चाहनालाई ब्यवहारमा उतार्न त्यतिकै गाह्रो छ । समाजसेवा गर्न मन,वचन,सहकार्य र कर्मले व्यवहारमा देखाउन सकियो भने त्यस्ले समाजमा सार्थक कार्यहरु गरेर उदाहरण प्रशस्तै दिन सकिन्छ।

तामाङपेजसँग बिहिबार चिया गफको क्रममा उमेरले ४२ वर्षमा लागि परेका गोदावरी नगरपालिका वडा नं.२ बिशंखुनारायण,रचनाटारका युवा रामचन्द्र पुरीले यसो भने – नेपालमा समाजसेवा ,राजनिती गर्न ,गाह्रो रहेछ ,यहाँ त गर्नेको भन्दापनि गफ चुट्नेको पो स्थान हुँदोरहेछ भन्दै गुनासो पोखेका छन् ।

 

आखिर गर्नेको कस्ले बखान गर्छ यहाँ,जो कुरामात्र गर्छ ,समाजले त्यस्ताको विश्वास गर्दो रहेछ ,यहाँ त गर्नेलाई त खसाल्ने ,तथानाम कुरा काटने ,साथ पो नदिने रहेछ भन्दै निराशापन एक युवा रामचन्द्र पुरीले देखाए ।

तामाङपेजसँगको अर्को प्रसङ्गमा के तपाईले कसैले यस्ले गरेको छ भनेर देखाउन सामाजिक र राजनितिक क्षेत्रमा लाग्नु भको हो त भन्ने प्रश्नमा त्यो त कदापी होईन मैले आत्म सन्तुष्टी समाजको हितको लागि कार्य गर्दै आएको प्रतिक्रिया युवा पुुुुरीले दिए।

करिब दुई वर्ष अघि रचनाटार युथ क्लबको अध्यक्षको नेतृत्व लिएका रामचन्द्र पुरीले नेतृत्व गरेको क्लबमा उपाध्यक्ष दीपक बुढाथोकी ,सचिव रामशरण बुढाथोकी,कोषाध्यक्ष प्रल्हाद पुरी,सदस्यहरु : रामगोपाल पुरी,प्रज्वल बुढाथोकी,पुरुषोत्तम पुरी,प्रशान्त सिलवाल,विवेक बुढाथोकी ,आशिष पुरी,बलराम पुरी,भीम तामाङ,गणेश गिरी र सल्लाहकारहरुमा रामहरि पुरी,बालमुकुन्द बुढाथोकी ,गोकर्ण पुरी,रामकृष्ण बुढाथोकी ,उत्तम पुरी रहेका छन् ।

सामाजिक क्षेत्रमा क्लबको नेतृत्व गर्दै विभिन्न सामाजिक कार्य गर्दै आउनु भएका रचनाटार युथ क्लबका अध्यक्ष रामचन्द्र पुरी ,केही महिना अघि सम्पन्न नेपाल कम्युनिष्ट पार्टी नेकपा ,गोदावरी नगरपालिका वडा नं.२ बिशंखुनारायणको भेलाले निर्विरोध सचिवमा छनोट भएका हुन् ।

यसरी समाजसेवा र राजनितिलाई एक रथका दुई पाङग्रा जस्तै गरि समाजसेवी एवं युवा नेता पुरीले समय अनुकुल अगाडी बढाउन सकेमा सफलताको कसिमा अवस्य नैं पुग्न सकिन्छ की ?

 

 

 

प्रकाशित: समय: 19:41:33  732पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार