पथरीबजारमा बस दुर्घटना ,दुईको मृत्यु सताईसजना घाईते

घाईतेहरुको स्थानीय पथरी अस्पताल र गम्भिर घाइते तीनको नोबेल अस्पताल विराटनगरमा उपचार गर्न लगिएको प्रहरीले जनाएका छन् ।

तामाङपेज संवाददाता ।

मोरङ ।

पथरी बजारमा बिहिबार बस दुर्घटना हुँदा दुईको मृत्यु र सताईस जना घाईते भएको प्रहरीले जनाएका छन् ।

कानेपोखरीबाट काँकडभिट्टा जाँदै गरेको को.१ ख ४८४२ नम्बरको बसको चालकले पुर्वबाट पश्चिम जाँदै गरेको मे.१ च ५३९९ को पिकअपलाई जोगाउन खोज्दा एक जना नाम नखुलेको यात्रुको ,बसको सहचालकको मृत्यु र सताईस घाईते भएको छ।

घाईतेहरुको स्थानीय पथरी अस्पतालमा उपचार भइ रहेको छ भने गम्भीर घाईते तीन जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको लागि पठाईएको प्रहरीले जनाएका छन् ।

 

 

 

 

प्रकाशित: समय: 19:08:32  463पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार