रुपन्देहीको तिलोत्तमामा भगवान बुद्धको मुर्ति तोडफोड,पक्राउ गर्न डिएसपी भट्टराईको संयोजकत्वमा छानबिन समिती गठन


श्याम तामाङ,तामाङपेज ,काठमाडौं ।

रुपन्देही ।

भगवान गौतम बुद्धको पवित्र जन्मस्थलको प्रमुख नाका रुपन्देही जिल्लाको सिक्सलेन सडकखण्ड तिलोत्तमाको शंकरनगर चोकिदेखि नयाँमिलसम्म सडक बीचमा स्थापित २२ वटा भगवान बुद्धको मुर्तिमध्ये पाँचवटा मुर्तिको तोडफोड गएराति अपराधिक समुहले गरेको अनुमान प्रहरीको छ ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी धर्मराज भण्डारीले तामाङपेजसँगको सम्पर्कमा भगवान बुद्धको मुर्ति कस्ले ,के कारणले तोडफोड गर्यो ,त्यो बारे हालसम्म केही जानकारी प्राप्त नभएकोले यस्बारे जिल्ला प्रहरी कार्यालयले दोषि उपर कडा भन्दा कडा कार्बाही गर्न नेपाल प्रहरी लागि रहेको बताएका छन् ।

जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी भण्डारीले दोषिको खोजतलास गर्न,कार्वाहीको दाहेरमा ल्याउनको लागि ईलाका प्रहरी कार्यालय वुटवलका डिएसपी भीमराज भट्टराईको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरि प्रहरी परिचालन भइ सकेको जानकारी दिनु भएको छ ।

भगवान बुद्धको मुर्ति तोडफोडको घटनाले बौद्ध धर्मलम्बिहरु आक्रोसित छन् ।

तस्बिर :

सामाजिक संजाल ।

 

प्रकाशित: समय: 14:59:51  595पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार