प्रथम एनआरएनए जापान गण्डकी प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिताको आयोजना हुँदै


तामाङपेज संवाददाता,
जापान।

बिभिन्न क्षेत्रमा आफ्नो सहभागिता देखाउदै आएको एनआरएनए जापानले एक फरक बिषय खेलकुदमा एनआरएनए जापानको सहभागिता संगै “प्रथम एनआरएनए जापान गण्डकी प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ। खेलाडीको उत्साह, प्रोत्साहन र क्षमता बृद्घिको लागि साथै खेलले देशको बाह्य मात्र नभएर आन्तरिक पर्यटन बृद्धिको लागि पनि महत्वपूर्ण भूमिका खेल्ने हुँदा यसमा एनआरएनए जापानले बढि उत्सुकता देखाएको अध्यक्ष टासी वाङदी लामाले जानकारी दिए।

प्रथम एनआरएनए जापान गण्डकी प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजनाको लागि मुख्य प्रायोजनसंगै जापानबाट रासपले सहजिकरण र आर्थिक ब्यवस्थापनको लागि क्रमश परिषदका उपाध्यक्ष शिव प्रसाद पौडेल, महिला उपाध्यक्ष अनिता गुरुङ ,महासचिव बुद्धि राज घिमिरे, खेलकुद बिभाग प्रमुख लिल गुरुङ, मानार्थ परिषद सदस्य श्री गुरुङ र नेपाल जापान भलिवल संघका अध्यक्ष नविन गुरुङ समितिमा रहने गरि ६ सदस्यिय समिति गठन गरेको छ भने सो समितिले शिव प्रसाद पौडेललाई संयोजक चयन गरेको महासचिव बुद्घि राज घिमिरेले जानकारी दिएका हुन् ।

नेपाल जापान भलिवल संघका अध्यक्ष नविन गुरुङको बिशेष भूमिका र प्रस्ताव रहेको उक्त भलिवल खेलमा गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ पोखराको आयोजनामा राजकुमार गुरुङले कार्यक्रम संयोजकको ज़िम्मेवारी लिनु भएको सो आयोजना सम्पन्न गर्न करिव रु२३,१२,८६६/- लागत लाग्ने आयोजकले बताए ।
आयोजककानुसार प्रथम पुरस्कार रु१,११,१११/-,दोस्रो पुरस्कार रु ७५,५७५/- ,तेस्रो पुरस्कार रु ५५,५५५/-संगै शिल्ड,मेडल र प्रमाण पत्र उपलव्ध गराइने छ भने सान्त्वना पुरस्कारमा रु २५,५२५ रहेको छ ।

पोखरा रंगशालामा हुने उक्त आयोजना २७ असोजबाट कार्तिक २ गतेसम्म हुने नेपाल जापान भलिवल संघका अध्यक्ष नविन गुरुङले जानकारी दिएका हुन्।

प्रकाशित: समय: 17:13:44  655पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार