हेल्प मधेसी नेपालद्वारा सिरहा,सप्तरी र महोत्तरीका बाढीपहिरो पीडितलाई राहत प्रदान:


तामाङपेज संवाददाता ।

सिरहा,सप्तरी,महोत्तरी । अविरल बर्षातका कारण बाढीपहिरो र डुबानमा परेका पिडित परिवारहरुलाई हेल्प मधेसी नेपालको आयोजनामा ,हेल्प मधेसी साउदी अरब,कतार ,मलेसियाको आर्थिक सहयोगमा बुधबार सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नं.१२ को सारश्वर टोलमा हेल्प मधेसी सिरहाका संयोजक रामकुमार महत्तो,जिल्ला सदस्य अजयकुमार मण्डलले राहत प्रदान गर्नु भएको छ ।

सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं.५ राजविराजमा हेल्प मधेसी सप्तरीकी अध्यक्ष रीना झाको नेतृत्वमा २० घर बाढीपहिरो पीडितलाई राहत प्रदान गरेकी छिन् ।

त्यस्तैगरी महोत्तरी जिल्लाको मठिहानी नगरपालिकाक्क बरदाहा र आवरमा हेल्प मधेसी साउदी अरबका अध्यक्ष कमलदेव शाह,हेल्प मधेसी नेपालका केन्द्रीय अध्यक्ष राम उदगार यादवको संयुक्त नेतृत्वमा ४१ घर धुरीका बाढीपहिरोलाई राहत प्रदान गर्नु भएको छ ।

हेल्प मधेसी नेपालका केन्द्रीय अध्यक्ष यादवकानुसार बाढीपहिरो,डुबान पीडितहरुलाई चिउरा,दालमोठ,ग्लुकोज,चाउचाउ,चिनी लगायतका सामग्री प्रदान गरेको उक्त कार्यक्रममा धनुषा सेवा समाजका पुर्व अध्यक्ष सुनिल मण्डल,जनकपुर सरसफाईका मुख्य अभियन्ता एवं संयोजक रुबीकुमारी झा,युवा सरसफाई अभियन्ता दीपककुमार चौधरी,दीवाकर झा,हेल्प मधेसी नेपालका केन्द्रीय सदस्य संजयरान यादव,हेल्प मधेसी साउदी अरब जधा दलानका भुपु अध्यक्ष सत्रुधन शाह,सामाजिक अभियन्ता हरी शाह लगायतकाहरुको उपस्थितिमा राहत प्रदान गरेको जनाएका छन् ।

 

 

 

 

 

प्रकाशित: समय: 0:34:24  593पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार