बाँडेगाउँ प्रहरीद्वारा गाँजा फडानी:

महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले गाँजा फडानीलाई तिब्र रुपमा गरेको प्रहरी निरिक्षक श्यामकुमार कटवालले बताउनु भएको छ।

तामाङपेज संवाददाता।

ललितपुर ।

महानगरीय प्रहरी प्रभाग,बाँडेगाउँले गोदावरी क्षेत्रमा आफ्नो सक्रियता बढाईएको प्रहरी निरिक्षक श्यामकुमार कटवालले बुधबार तामाङपेजसँगको कुराकानीमा जनाएका छन् ।

प्रभागका निरिक्षक कटवालले गाँजा फडानी ,जुवा तास खेल्न प्रतिबन्ध ,घरेलु अवैध मदमदिराको ओसारपसारमा रोकावट जस्ता कार्यको साथमा आम जनताको शान्ति सुरक्षाको लागि सक्रियता बढाई रहेको बताउनु भएको छ।

गुण्डागर्दी ,महिला ,बालबालिका हिंसा,बलात्कार ,लागुऔंषधको ओसारपसार ,सेवनमा रोकावट,चोरी ,डकैती ,लुटपाट जस्ता अपराधिक  कृयाकलापको न्युनिकरण र नियन्त्रणको लागि सक्दो प्रयास गरि रहेको प्रहरी निरिक्षक श्यामकुमार कटवाल जनाएका छन् ।

प्रकाशित: समय: 23:55:06  677पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार