बाढी-पहिरोले महाँकाल गाउँपालिकामा चार वटा विद्यालयमा क्षति भएको शिक्षा प्रमुख सुरेन्द्ररमण पुरीद्वारा जानकारी


तामाङपेज संवाददाता ।

ललितपुर ।

अविरल वर्षातका कारण महाँकाल गाउँपालिका भित्र रहेका सताइस सामुदायिक र एउटा निजि विद्यालयहरुमध्ये तीनवटा सामुदायिक विद्यालय र एउटा निजि विद्यालय गरि चार वटा विद्यालयमा क्षति भएको महाँकाल गाउँपालिका शिक्षा शाखा प्रमुख सुरेन्द्ररमण पुरिले जानकारी दिनु भएको छ ।

बुधबार तामाङपेजसँगको कुराकानीमा महाँकाल गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा १ सय ७८ जना शिक्षक ,शिक्षिका ,बालविकासमा ३१ र अन्य कर्मचारीहरु गरि लगभग २ सय ५० जनाको हारहारिमा कर्मचारी रहेका छन् ।

यस महाँकाल गाउँपालिका वडा नं.३ गोटिखेलमा रहेको श्री महाँकाल मावि,श्री सेतिदेवी आधारभुत विद्यालय,निजि विद्यालयमा श्री हिलसाईड बोर्डिङ स्कुल र महाँकाल -५ चन्दनपुरमा रहेको श्री कालिदेवी आधारभुत विद्यालय,धामिडाँडाको विद्यालय भवन बाढीपहिरोका कारण क्षति भएको गाउँपालिका शिक्षा प्रमुख पुरिले जनाएको छ ।

आ.व.०७५/०७६ को सम्पुर्ण कारोबार लिनुदिनु पर्ने नभएको,कर्मचारीहरुलाई दिनुपर्ने तलब सबै भुक्तानी गरेको ,पहिलो त्रैमासिक परिक्षाको चार वटा विषयको परिक्षा सकेको र चार वटा विषयको परिक्षा बाँकी रहेको महाँकाल गाउँपालिका शिक्षा शाखा प्रमुख सुरेन्द्ररमण पुरिले बताउनु हुँदै वर्षातका कारण भएको विपत्तिले गर्दा विद्यालयहरु श्रावण २८ गतेदेखि खुल्ने की ? के गर्ने भन्नेबारे महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहाल एवं शिक्षासँग सरोकारवालाहरुबीच छलफल भइ रहेको जनाएका छन् ।

प्रकाशित: समय: 23:23:58  600पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार