तामाङपेज संवाददाता ।
ललितपुर ।
वर्षातका कारण मोटरबाटो अवरुद्ध भएपछि कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखुमा रहेको दूध चिस्यान केन्द्र शंखुले सोमबार तेतिस सय लिटर दुख पोखाईएको छ ।
मोटरबाटो अवरुद्ध भएपछि चिस्यान केन्द्रमा रहेको दूध फाटेकोले नष्ट गरिएको तामाङपेजसँगको सम्पर्कमा कालेश्वर बहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्थाका ब्यवस्थापक एवं शंखु दूध चिस्यान केन्द्रका प्रतिनिधि राजकुमार घिमिरेले बताएका छन् ।
दुग्ध व्यवसायी कृषकहरुले ठेक्का दिने कृषकहरु घाटा नगएपनि सहकारी संस्थामार्फत दूध बिक्री कृषकहरु घाटामा गएको र तेतिस सय लिटर दूध नष्ट गर्दा दुई लाख रुपैयाँ बराबरको घाटा भएको छ ।
मंगलबार दूध नष्ट गर्ने बेला शंखु दूध चिस्यान केन्द्रका व्यवस्थापक दीपक घिमिरे ,कृषकहरु लगायतको सहभागिता रहेको थियो।