दक्षिण ललितपुरमा नेपाली सेनाको भैरव गणद्वारा बाढीपहिरोमा जोखिममा परेका दर्जनौं घरको सामग्री स्थान्तरण तथा एघार वर्षिय बालकको शब फेला

मंगलबारदेखि परेको अविरल बर्षातपस्चात नेपाली सेनाले बुधबारदेखिनैं कोन्ज्योसोम,वाग्मती र महाँकाल गाउँपालिकामा उद्धारका लागि नेपाली सेनाको टोलि खटाईएको भैरव गणका गणपति एवं प्रमुख सेनानी रणबहादुर खड्काले जानकारी दिनु भएको छ ।

श्याम तामाङ ,तामाङपेज ।

ललितपुर ।

मुलुकभर मंगलबार देखि परेको अविरल वर्षातका कारण धन जनको अकल्पनीय ठूलो क्षति भएको छ ।

राजधानिको ललितपुर जिल्लास्थित लेलेमा रहेको श्री भैरव गणमा कार्यरत नेपाली सेनाका गणपति एवं प्रमुख सेनानी रणबहादुर खड्काले तत्काल अविरल वर्षातका कारण हुनसक्ने धन ,जनको क्षति तथा उद्धारका लागि बुधबारदेखिनैं दक्षिण ललितपुरको महाँकाल ,कोन्ज्योसोम र वाग्मती गाउँपालिकास्थित विभिन्न स्थानमा नेपाली सेनाका सयौं जवानहरु खटाएका थिए ।

कोन्ज्योसोम गाउँपालिकाको वडा नं.२ शंखु,महाँकाल गाउँपालिकाको वडा नं.२ शंखु र वाग्मती गाउँपालिका वडा नं.५ इकुडोलको लागि बुधबार नै भैरव गणका सेनानी विदुर गिरिको नेतृत्वमा ४५ जना टोलि कोन्ज्योसोम-२ शंखुस्थित श्री मगर गाउँ मावि,म्हाने चौरमा खटाउनु भएको थियो ।

सेनानी गिरिको नेतृत्वमा खटिएको टोलिले कोन्ज्योसोम -२ शंखुका सुवास न्यौपाने,मिनध्वज लामा,रामहरि दहालको पहिरोबाट क्षतिग्रस्त घर,गोठको लत्ताकपडा ,खाध्य सामग्री ,चौंपायाहरुको स्थान्तरणको साथमा शनिबार महाँकाल -१ बुखेलका वासिन्दा भै शंखुमा ढिस्कोले पुरिएर छापकखोला एघार वर्षिय सन्दीप लो तामाङको लास नेपाली सेनाको पहलमा उद्धार गरेका थिए।

त्यस्तैगरी महाँकाल -१ बुखेलका वासिन्दा पहिरोमा परि निधन भएका पानमाया लो तामाङको लासको खोजतलास र हेलिकप्टरबाट वाग्मती – ६ आश्राङमा कम्बल,त्रीपालको जिम्मा लिई स्थानिय सरकारलाई जिम्मा लगाउनको लागि क्याप्टेन आकाश बस्नेतको नेतृत्वमा सोमबार ३५ जना नेपाली सेनालाई वाग्मती -४ प्युटार र वाग्मती -६ आश्राङको लागि खटाई सो टोलिले हेलिकप्टरबाट आश्राङमा अवतरण गरिएको राहत सामग्री स्थानिय सरकारमा जिम्मा लगाईएको तथा महाँकाल -१ बुखेलका बेपता भएको पानमाया लो तामाङ लास प्युटारमा खोजतलासको क्रममा भेटेको ,केही स्थानिय वासिन्दाहरुको घरमा सामान ओसारपसारमा सहयोग पुर्याएको जनाएको छ ।

श्री भैरव गणका प्रमुख सेनानी रणबहादुर खड्काले तामाङपेजसँग कुराकानी बुधबार गर्नुहुँदै वाग्मती -३ भट्टेडाँडा तिनपानेमा माईला तामाङ,र अन्य बाढीपहिरोबाट घर,गोठ खतिग्रस्त भएका तिनपाने भन्ज्याङ आसपासका आठ घरको सामग्री स्थान्तरण गरि उद्धार गरेको जनाएका छन् ।

नेपाली सेनाको श्री भैरव गणबाट खटिएको टोलिले बाढीपहिरोबाट पिडित दक्षिण ललितपुरका वासिन्दाहरुको घर ,गोठबाट सामग्री स्थान्तरण ,बेपत्ता लासको खोजतलास ,बाटोघाटोको संचालनका लागि विशेष महत्वपुर्ण योगदान पुर्याएको कोन्ज्योसोम-२ शंखुका वडाअध्यक्ष ध्रुवप्रसाद घिमिरेले तामाङपेजसँगको टेलिफोन सम्पर्कमा बताउनु भएको छ ।

तस्बिर :

श्री भैरव गण ,नेपाली सेना ।

 

 

 

 

 

 

प्रकाशित: समय: 18:57:57  947पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार