वाग्मती गाउँपालिका वडा नं.३ भट्टेडाँडाको तिनपाने लगायतका स्थलहरुको प्रदेश सांसद संजेलसहितको टोलिद्वारा अनुगमन तथा स्थलगत निरिक्षण


तामाङपेज संवाददाता ।

प्रदेश सभा सांसद चेतनाथ संजेल,नेकपा ललितपुरका जिल्ला अध्यक्ष हरिकृष्ण ब्यन्जनकार,केन्द्रीय सदस्य,जिल्ला सह- इन्चार्ज एवं पुर्व सांसद शुशिला नेपाल,जिल्ला सदस्यहरु गम्भिरबहादुर राणा,कृष्ण बल तामाङसहितको टोलिले अविरल वर्षातका कारण ललितपुर जिल्ला वाग्मती गाउँपालिका वडा नं.३ भट्टेडाँडाको तिनपाने भन्ज्याङ,कान्तिलोकपथको मोटरबाटोको अवलोकन ,निरिक्षण तथा बाढीपहिरो पिडित स्थानिय वासिन्दाहरुसँग स्थलगत भेटघाट गरि वास्तविक अवस्थाका बारेमा जानकारी लिएका छन् ।

सांसद संजेलले तामाङपेजसँग कुराकानी गर्नुहुँदै अविरल वर्षातका कारण अझै पनि के कति नोक्सान भयो ? वास्तविकता कस्तो छ भन्ने अवस्था बुझ्न वाग्मती गाउँपालिका भट्टेडाँडाको तिनपाने भन्ज्याङमा बुधबार आफुसहित नेताहरुको टोलिस्थलगत निरिक्षण र अनुगमनको लागि गएको जनाउनु भएको छ ।

प्रदेश सभा सांसद चेतनाथ संजेलले स्थानिय सरकारबाट वास्तविक विवरण आएपछि विवरणको आधारमा प्रदेश सरकारबाट बाढीपहिरो पीडितहरुलाई राहत प्रदान गर्न लागि रहेको जनाएका छन् ।

वाग्मती गाउँपालिकाको तिनपाने भन्ज्याङ हुँदै कान्तिलोकपथ हेटौंडा पुग्ने मोटरबाटो खण्ड पहिरोका कारण अवरुद्ध रहेको छ ।

तस्बिर :

कृष्ण बल तामाङ

प्रकाशित: समय: 17:54:06  1364पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार