राजपा महासचिव झा,हंसपुर नगरप्रमुख महत्तोसहितको टोलिले बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन तथा निरिक्षण


तामाङपेज संवाददाता ।

धनुषा । अविरल वर्षातकारण भएको क्षतिबारे हंसपुर नगरपालिकास्थित विभिन्न स्थलहरुको अनुगमन तथा निरिक्षण राजपा महासचिव एवं क्लाँथ बैक धनुषाका अध्यक्ष राजीव झा,हंसपुर नगरपालिका नगर प्रमुख रामज्ञान महत्तो,जनकपुर सरसफाई अभियानकी संयोजक एवं क्लाँथ बैंकका कोषाध्यक्ष रुबीकुमारी झा,दिवाकर झा,खुशबु शाह अजय झासहितको टोलिले हंसपुर नगरपालिका भित्रका विभिन्न स्थलहरुको अवलोकन र निरिक्षण गरेका छन् ।

जनकपुर सरसफाई अभियानका युवा अभियन्ता दीपककुमार चौधरीले तामाङपेजसँगको सम्पर्कमा हंसपुर नगरपालिकाभित्र अविरल वर्षातका कारण भएको क्षतिको बारेमा आईतबार स्थलगत अनुगमन तथा निरिक्षण गरेको जनाउनु भएको छ ।

तराईमा अविरल वर्षातका कारण डुबानमा परेर हजारौं वासिन्दाहरु विस्थापित भएको युवा सरसफाई अभियन्ता चौधरीले जनाएका छन् ।

प्रकाशित: समय: 17:27:19  806पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार