तामाङपेज, संवाददाता।
टोकियो, जापान।
टोकियोमा राहतकोषको थप स्रोतको लागि “द एज बाण्ड” कार्यक्रम हुने भएको छ। गैर आवसीय नेपाली संघ जापानले आफ्नो राहतकोष सम्वन्धी घोषित लक्ष्यलाई आँशिक रुपमा आर्थिक स्रोत संकलनको लागि यहि जुलाई २८ तारिक टोकियो स्थित नाकानो जिरो हलमा दिवा ५:०० बजेबाट द एज ब्याण्ड लाईभ कार्यक्रम गर्ने भएको हो । परिषदको बैठकले उक्त कार्यक्रम समन्वयको लागि परिषदका सदस्य सचिन श्रेष्ठलाई कार्यक्रम संयोजकको ज़िम्मेवारी दिएको महासचिव बुद्धि राज घिमिरेले जानकारी दिएका हुन्।
जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई आ-आफ्नो स्थानबाट सहयोग गरी दिन संघका अध्यक्ष टासी वाङदी लामाले अपिल गरेका छन् ।
कार्यक्रम संयोजक श्रेष्ठकानुसार बिद्यार्थीहरुका लागि ३,००० येन, अग्रिम टिकट बुकिङ ३,५०० येन ,हलमा टिकट दर ४,००० येन र स्पेशल टिकट दर १०,००० येन रहेको छ ।