तेमाल गाउँपालिका वडा नं.७ मा अवरुद्ध सडक निर्माण क्रममा माथीबाट ढुंगा खस्दा डोजर ध्वस्त,चालकलाई सकुशल उद्धार गर्न सफल

तामाङपेज संवाददाता।

काभ्रे।

तेमाल गाउँपालिका वडा नं.७ मा एक सातादेखिको अविरल वर्षातका कारण अवरुद्ध भएको सडक सफा गर्दै गरेको बाटो माथिबाट ढुंगा खस्दा वा.२ क ७१८७ नम्बर जेसिबी डोजर किचेर बुधबार ध्वस्त भएको छ ।

 

डोजर ककलिङ कुरुवास मेट्राल कल्थार हुँदै मंगलटार जोडने सडकखण्ड सफा गर्दै गरेको क्रममा मेट्राल र कल्थारकोबीचमा दुर्घटना भएको गाउँपालिका प्रबक्ता एवं तेमाल-७ का वडाअध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिएको संचारकर्मी प्रतीक लामाले तामाङपेजलाई बताएका छन् ।

प्रबक्ता एवं वडाअध्यक्ष तामाङकानुसार ईलाका प्रहरी कार्यालय मंगलटारबाट आएको प्रहरी टोलि ,स्थानिय वासिन्दाको सहकार्यमा डोजरमा रहेको चालकलाई सकुशल उद्धार गर्न सफल भएको जनाएको छ ।

 

प्रकाशित: समय: 14:19:39  976पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार