रोशी गाउँपालिकास्थित मंगलटार पिन्थलीका वित्त व्यवसायी जनम लामा शारीरिक खेलतर्फ व्यवसायीक खेलाडी बन्नुहुँदै

श्याम तामाङ,तामाङपेज,काठमाडौं ।

काभ्रे ।

रोशी गाउँपालिका – ९ मंगलटार पिन्थलीका वरिष्ठ युवा वित्त व्यवसायी जनम लामा ,पेशाले वित्त व्यवसायी भएपनि अब व्यवसायिक रुपमा बडिबिल्डर बन्ने भएका छन् ।

बुबा कर्मसिं लामा र आमा पेमा लामाको कोखमा वि.सं.२०३८ श्रावण २५ गते जन्मनु भएका लामाले विगत १२ वर्षदेखि नेपाल ब्यायाम मन्दीर,रोयल जीमएण्ड फिटनेस ,फिटनेस स्टुडियो,गेम क्लबमा शारीरिक तन्दुरुस्तका निमित्त शारीरिक ब्यायाम खेलमा लागेका हुन् ।

वि.सं.२०७५ असोज २० गते राजधानीमा सम्पन्न १५ औं धर्मश्री राष्ट्रिय प्रतियोगितामा छैटौं धर्मश्री उपाधी,प्रमाणपत्र नेपाल सरकारका उपराष्ट्रपति नन्दकिशोर पुनबाट वरिष्ठ वित्त व्यवसायी जनम लामाले प्राप्त गर्नु भएको थियो।

राजधानीको न्युरोडमा रहेको ब्रीटिस गोरखाली सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका कार्यकारी अध्यक्ष,पिन्थली गुठीका अध्यक्ष समेत रहनु भएका जनम लामाले शारीरिक तन्दुरुस्तका लागि आफुले विगत १२ वर्षदेखि खेल्दै आएको शारीरिक तन्दुरुस्त सम्बन्धि खेललाई आफुले व्यवसायिक खेलाडी बन्ने सोच लिएको जनाएका छन् ।

तस्बिर :

जनम लामा

 

 

 

 

 

प्रकाशित: समय: 13:59:12  727पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार