हेल्प मधेसी संस्थाद्वारा धनुषाधामस्थित मख्खनपुरका मुसरी टोलका बाढीपीडितलाई राहत प्रदान

श्याम तामाङ,तामाङपेज ,काठमाडौं ।

धनुषा ।

धनुषाधाम नगरपालिका वडा नं.१ मख्खनपुर मुसरी टोलका बाढीपहिरोले पुर्ण तथा आंसिक रुपले क्षति पुर्याएका बाढीपहिरो पीडित वासिन्दाहरुलाई हेल्प मधेसी नेपाल संस्थाको सहयोगमा तीस घर पीडितलाई सोमबार राहत प्रदान गरेको छ ।

हेल्प मधेसी नेपालका केन्द्रीय अध्यक्ष राम उदगार यादवकानुसार पीडितहरुलाई चिउरा,मुरही,चिनी,ग्लुकोज,दालमोठ लगायतका सामग्री प्रदान गरेको र उक्त कार्यक्रममा वडाअध्यक्ष विश्वनाथ यादव,प्रहरी निरिक्षक( इनिष्पेक्टर) रामकुमार यादव,हेल्प मधेसी साउदी अरब अध्यक्ष कमलदेव शाह,हेल्प मधेसी नेपालका केन्द्रीय सदस्य संजय यादव,सक्रिय सदस्य मदन शाह,कुशे यादव,प्रहरी हवलदार सुधिलाल मण्डल लगायतका साथमा स्थानिय वासिन्दाहरुको पनि सहभागिता रहेका थिए ।

 

 

प्रकाशित: समय: 12:59:08  434पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार