सप्तरी जिल्लास्थित बलहा र बरेवा गाउँका बाढीपीडितलाई राहत वितरण

श्याम तामाङ,तामाङपेज,काठमाडौं ।

सप्तरी।

बाढी – पहिरो र डुबानमा परेका पीडितहरुलाई मंगलबार सप्तरी जिल्लाको बलहा र बरेवा गाउँमा राहत वितरण गरेको छ ।

हेल्प मधेसी नेपालका केन्द्रीय अध्यक्ष राम उदगार यादवकानुसार हेल्प मधेसी साउदी अरब ,मलेसिया र कतारको आर्थिक सहयोगमा हेल्प मधेसी नेपालको आयोजनामा हेल्प मधेसी नेपाल सप्तरीकी अध्यक्ष रिना झा,जिल्ला सदस्य समीर राइनको नेतृत्वमा चिउरा,भुजिया,चिनी,दालमोठ लगायतका राहत सामग्री वितरण गरेको जनाएका छन् ।

सो राहत वितरणका निमित्त सामग्री खरिद गर्न जनकपुर निवासी विना झा,रंधिर झाले पाँच हजार र संजीव चौधरीले एक हजार नगद आर्थिक सहयोग गरेको हेल्प मधेसी नेपालले जानकारी दिएको छ ।

प्रकाशित: समय: 12:40:53  1049पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार